धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दलित समुदायसँग माफी मागेका छन् ।
आइतबार मेयर साम्पाङले एक विज्ञप्तिमा जारी गर्दै माफी मागेका हुन् । मेयर साम्पाङले ‘चमारे’ शव्द अप्रत्यासित प्रयोग भएको भन्दै माफी मागेका हुन् । साम्पाङले जारी गरेको विज्ञप्तिमा ‘मिति २०७९ मङ्सिर २८ मा मेरो फेसबुक फेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यर्थाथप्रति दुखः व्यक्त गर्दै उक्त शव्दले धेरैलाई दुखी बनाएको हरेछ । त्यसका लागि क्षमाप्राथी छ ।’ उल्लेख छ ।
साथै ‘यो शब्द फिर्ता लिंदै संधै समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति, विसंगति, वेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो ईतिहाँस रहेको सवैमा जानकारी गराउँदछु । कसैलाई ठेस पुराउने नियतवश यो स्टेटस पोष्ट नगरेको पनि जानकारी गराउँदछु ।’ विज्ञप्तिमा भनिएको छ ।
मेयर साम्पाङले मङ्सिर २८ गते फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभोलुसन’ मा दलित समुदायलाई होच्याउने ‘चमारे’ शब्द लेखेका थिए । आयोगले मेयर साम्पाङले कुनै व्यक्ति वा समुदायलाई लक्षित गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भनेर लेखेका थिए । ‘चमारे’ दलितभित्रको मिजार समुदायलाई अपमानित वा होच्याउँदा प्रयोग गरिने शब्द भन्दै राष्ट्रिय दलित आयोगले विज्ञप्ति जारी शब्द फिर्ता लिन आग्रह गरेको थियो ।
उनले आयोगको अनुरोधलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ति उपदेश दिने र कमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानूनभन्दा आफू माथि रहेकोजस्तो अभिव्यक्ति पुनः सार्वजनिक गरेको भन्दै आयोगले गृह मन्त्रालयलाई कानूनबमोजिम कारबाही गर्न सिफारिस समेत गरेको थियो ।
मेयर राईले. आयोगले गृह मन्त्रालयमा कारबाही गर्न सिफारिस गरेपछि आयोगलाई चुनौती दिदंै फेसबुकमार्फत अभिव्यक्ति दिंदै आएका थिए । उनले ‘ मैले १० चोटि कुनै जाति विशेषलाई लक्षित गरेर लेखेको होइन भन्दा मनन नगर्ने राष्ट्रिय दलीत आयोगको फोहोरी राजनीति गरेर समाज भाँड्ने नियत देखिन्छ । यो आयोगविरुद्ध सम्पूर्ण समानता चाहने न्याय प्रेमी नेपालीहरुलाई एक जुट बनी उत्रन पर्ने बेला आएको छ ।’ सम्म लेखेका थिए । ‘कुनै झ्यास झुस आयोग सायोगले मलाई जिताएको होइन ! सार्वभौम धराने जनताको म्यान्डेट पाएर आएको नगरप्रमुख हुँ ! उसको कारवाहीको माग त उस्स ।’ सम्म लेखेका थिए ।