धरानः जनता समाजवादी पार्टी नेपालका पोलिटब्युरो सदस्य दलमर्दन कामी भारतमा सम्मानित भएका छन् ।

आइतबार कामीलाई दलित एकता सञ्जाल नेपाल, भारतले सम्मान गरेको हो । उनलाई अल्पसङ्ख्यक समुदाय कर्मचारी महासङ्घका अध्यक्ष तथा   दिल्ली बिश्वविद्यायलयका प्रोफेसर सिद्धार्थ सिंहले सम्मान गरेका थिए । 

सम्मान कार्यक्रममा दलित एकता सञ्जाल नेपालका संयोजक अर्जुन बिश्बकर्मा, उपाध्यक्ष छोटु ओड, मोती सिंह मिजार, महिला सशक्तीकरण अभियानका अध्यक्ष  ममता बिक, महासचिव  अर्जुन दयाल, सचिव सुरेश विक, कोषाध्यक्ष  दिपक चदरा, इन्चार्ज गणेश बिकलगायतका उपस्थिति रहेको थियो । सम्मान कार्यक्रम दलित मुक्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।