इटहरीः इटहरीमा रहेको चारपाते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभाले दुर्गा खड्का आचार्यलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।
शनिवार दुर्गा पार्टी प्यालेस इटहरीमा सम्पन्न भएको साधारण सभाले आचार्यलाई संचालन अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा होमनाथ रिजाल निर्वाचित भएका छन् भने सदस्यहरुमा राजन भट्टराई, संजिव कुमार यादव, शशी राजभण्डारी, ललित चौधरी, पवन कुमार साह, संगीता गीरी र रोनिता श्रेष्ठ संस्थाको सदस्यमा निर्वाचित भएका छन् ।
यसैगरी चारपातेको लेखा सुपरिवेक्षण समितिमा तुलसी प्रसाद आचार्य संयोजकमा चयन भएका छन् भने सुरज कुमार साह र दया कुमारी भट्ट लेखा समितिको सदस्यमा चयन भएका छन् ।