धरानः धरान उपमहानगरका मेयर हर्क साम्पाङ्गका समर्थकहरुले उपमहानगरलाई कार्यपालिका बैठकको निरन्तर अवरोध गरेर अनिर्णयको बन्दी बनाएको भन्दै प्रर्दशन गरेका छन् ।  

धरानको भानु चोकमा भेला भएका समर्थकहरुले उपमहानगर बचाउँ बचाउँ भन्ने व्यानर र बिभिन्न प्ले कार्ड सहित प्रर्दशनमा उत्रिएका हुन । 

नगरलाई अनिर्णयको बन्दी नबनाउन माग गर्दै समर्थकहरूले सोमबार साँझ प्रर्दशन गरेका हुन् ।

उनीहरूले कार्यपालिका बैठक सञ्चालन गर्न माग गरेका छन् ।

प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले ‘धरानलाई अनिर्णयको बन्दी बनाउन पाइँदैन, कार्यपालिकाको बैठक अवरोध गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकको विवादका कारण नगर अनिर्णयको बन्दी बनेको भन्दै नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ)का समर्थकहरूले भानुचौकमा प्रदर्शनमा उत्रिएका हुन । 

मेयर साम्पाङ्ग र कार्यपालिका सदस्यहरु बिच विवाद बढेपछि दुवै समुहले पत्रकार सम्मेलन गर्दै आफ्नो आफ्नो ढिपि कायम राखेका छन् । 

धरानका ६ राजनितिक दलले आइतबार एक विज्ञप्ती जारी गर्दै सम्वादमा आउन मेयरलाई आग्रह गरेका छन् ।