इटहरीः इटहरीको मुटुमा रहेको नेशनल गल्ली अनि छेवैमा रहेको चिया चौतारीले क्रिस्मसको अवसर पारेर इटहरीकै सस्तो मुल्यमा खाना तथा खाजा ख्वाउन थालेको छ । 

५५ प्रकारका चिया २२ प्रकारका कफीको स्वादसँगै शहरको कोलाहलका बिच शान्त र सफा वातावरण चाहानेहरुका लागि साँच्चिकै चौतारीको काम गरीरहेको चिया चौतारीले क्रिस्चियन धर्मावलम्बिहरुको महत्वपुर्ण पर्व क्रिस्मसको अवसरमा विशेष छुट प्रदान गरेको बताएको छ । 

विवाह, ब्रतबन्ध, साना देखि ठुला सम्मका मिटिङ्ग तथा गोष्टिहरुको लागि समेत उपयुक्त गन्तव्य बन्दै गएको चिया चौतारीमा हरियाली वातावरणका साथै कोलाहल मुक्त कक्षले झनै मन्त्रमुग्ध बनाउँछ । सामाजिक जिवनमा पनि निकै अग्रणी देखिएका चिया चौतारीका संचालक राजेश भण्डारीका अनुसार क्रिस्मसको अवसरमा चौतारीले एक सय रुपैँयामै चिकन ब्रियानी उपलव्ध गराउन थालेको बताए । इटहरीमै सस्तो चिया त्यो पनि बिभिन्न स्वाद र प्रकारमा उपलव्ध हुने भएकाले पनि चिया पारखीहरु चौतारी खोज्दै नेशनल गल्लि आउने गर्दछन् । 

321281652_577363477561007_7435810769689167838_n

मट्का चिया साथै मसला चिया यो चौतारीको प्रिय मानिन्छ भने कफिमा अमेरिकानो तथा क्यापाचिनो पिउनुको बेग्लै मज्जा छ । आफुले चिया चौतारीमा ग्रिन टि पनि उपलव्ध गराउने गरेको र त्यसमा पनि गोल्डेन पर्ल ग्रिन टि को विशेष महत्व रहेको सन्चालक भण्डारी बताउँछन् । 

२ सय रुपैँयामै चिकन खाना साथै ३ सय रुपैँयामै खसिको मासु उपलव्ध गराउने गरेको जुन मुल्य इटहरीमै सस्तो भएको संचालक भण्डारीको दावी छ । यस बाहेक चौतारीमा बफ, पोर्क लगायतका मासुका परिकारहरु पनि पाइन्छ । 

विगत झण्डै एक बर्ष अघि देखि व्यवस्थापन सम्हालेका राजेश सामाजिक अभियानमा पनि उत्रिकै जागरुक र अग्रणी देखिन्छन् । भण्डारीको चिया चौतारीका कोदो र फापरका परिकारहरु समेत पाइन्छन् । त्यतिमात्रै नभएर पछिल्लो समय हुक्काको चुस्किसँगै मनोरम वातावरणमा रमाउन चाहानेहरुको धोको समेत चौतारीले पुरा गर्न थालेको छ । 

320733939_735820201213547_4814157246895874101_n

शहरको कोलाहललाई टार्न क्याविन सहित संचालनमा आएको चौतारी साना तिना बिवाह, ब्रतवन्ध, तथा जन्मदिनका अवसर र मिटिङ्ग तथा गोष्टिको लागि समेत उत्कृष्ट भएको पाइन्छ । आफुसँग २ सय देखि लिएर २ सय पचास जना सम्मको जमघट आयोजना गर्न सकिने राजेशले हामीलाई सुनाए । 

पुर्वेली समाज लगायत विभिन्न सामाजिक अभियानमा संलग्न भण्ठारी क्रिस्मसको अवसरमा ल्याइएको छुटको मज्जा लिन आग्रह गर्छन ।