विराटचौंकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको शिक्षा उप समिति सदस्य महेश आचार्यले राष्ट्रिय सहकारी बैंक लिमिटेडको लेखा तथा सुपरीवेक्षण समिति सदस्य पदमा उम्मेद्वारी दिएका छन् । उनी लामो समयदेखि प्रारम्भिक सहकारीको नेतृत्व गरेका व्यक्ति हुन् ।

सहकारी विज्ञको रुपमा परिचित आचार्यले ग्रामीण क्षेत्रका सहकारीको प्रतिनिधित्व गर्दै सहकारी क्षेत्रको एकमात्र बैंकको लेखा तथा सुपरीवेक्षण समितिको पुरुष सदस्य पदमा उम्मेद्वारी दिएका हुन् । १ जना निर्वाचित हुने सो पदमा आचार्यसहित ४ जनाले उम्मेद्वारी दिएका छन् । उनी प्रतिस्पर्धीमध्ये अनुभवी भएका हुनाले कामका पाका तथा उमेरका कान्छा देखिन्छन् ।

320888474_816685116070271_7157081459000501739_n

सो बैंकको सञ्चालक समितिको अध्यक्ष लगायतका केही पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि सञ्चालक सदस्य र लेखा तथा सुपरीवेक्षण समिति सदस्य पदमा भने पुस १६ गते निर्वाचन हुने भएको छ ।

सहकारी क्षेत्रमा यस निर्वाचनको सन्दर्भलाई नियाल्दा समय सापेक्ष र सहकारी क्षेत्रले हालको अवस्थामा आचार्य जस्तै पात्रको खोजी गरिरहेको सहकारीकर्मी बताउँछन् । देशभरका सबै सहकारी प्रतिनिधिहरुको मत आचार्यले पाउने आँकलन पूर्व क्षेत्रका सहकारीकर्मीले गरेका छन् ।