देवराज कार्की ‘मिलन’


आज अक्षर अक्षर मिलाएर शब्द बनाउन खोजे

शब्द शव्द जोडेर राम्रो कबिता सजाउन सोचे।


पुषमा अंग्रेजीको नया बर्ष सुरु हुन्छ भन्ने लाग्छ

शुभकामना दिदा पनि मन बिदेश तिरै पो भाग्छ।


आजै हो  हामी नेपाली टोपी दिवस मनाउने गर्छौ

राष्ट्रियता अलिकति जोगाइ मुहारमा कान्ति भर्छौ।

302


भित्ता रंगिएका छन् सबैका आ(आफ्नै धुन छौ 

उमंग लिएर बस्ति चहार्दै मनमा आशा बुन्दछौ।


शब्द थुपार्न जानेको के हुन्छ आँसु कवि भै दिने

आज मनाउने कुन दिवस साथि कस्ले टोपी किने।


अलि केही सोध्नु हुदैन जान्नेको आरोप लाग्दछ 

राम्रो कुरो र्गयो आफु  किन मान्छे पर भाग्दछ।


आज रातिनै बिउँझेको छु चिसो बढेको छैन

सुन्दर सुझाव आज किन मनमा गढेको छैन।


संझना पोहरको टोपी लगाएर फोटो खिचेको थियो

कत्तिले सोचे हुन् राष्ट्रियता ढ्वाङ्ग बनाएर सान दियो। 


जहाँ पुगे पनि नेपाली हु चाहे लैजाउन अर्कै लोकमा  

झुठो बोल्दिन खान नपाइ  मर्नु परोस् बरु म भोकमा।