इटहरीः इटहरीको बालग्राममा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रदेश नं १ मा संचालित  बचत ऋण  सहकारी   संस्थाहरु मध्येकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको छ । 

 किसान कल्याण बचत तथा  ऋण सहकारी संस्था लिमिटेडलाई गत शनिवार सम्पन्न राष्ट्रिय सहकारी बैँक लिमिटेडको साधारण सभाको अवसरमा उक्त पुरस्कार घोषणा गरिएको हो ।

 राष्ट्रिय सहकारी बैंक लिमिटेडको  १९औँ बार्षिक साधारण सभाको  अवसरमा  बैंकका सदस्य संस्थाहरू मध्ये  कारोबारका आधारमा  उत्कृष्ट सदस्यको रुपमा पुरस्कृत गरेको बताइएको छ ।   

 स्थापनाको २७ वर्ष पूरा गरेको किसान कल्याण साकोसले आठ ओटा सेवाकेन्द्र मार्फत सेवा दिइरहेको र संस्थामा सुनसरी जिल्लामै सबैभन्दा धेरै १९,०००० शेयर सदस्य, १ अरब ११ करोडको कुल सम्पती  रहेको संस्थाका प्रमुख  कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिएका छन्  ।