इटहरीः रामधुनी नगरपालिकाले यसै बर्षदेखि लागुहुने गरी नगरका ९ वटै वडामा ५० लाखका दरले नगर गौरवका आयोजना सुरुवात गरेको छ । 

नगरको गौरवसँग जोडिएर उच्च गुणस्तर हुनेगरीका आयोजना सबै वडामा सुरु गर्ने काम यसै बर्षबाट सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

मंंगलबार नगरकार्यपालिकाको कार्यालयमा रामधुनी कार्यक्षेत्रमा रहेर सञ्चारकर्म गरिरहेका संचारकर्मीसँग मेयर, उपमेयर सहित प्रमुख प्रशासकिय अधिकृत र लेखाअधिकृतको टोलीले छलफल गरेको थियो । मेयर उपमेयरसँग पत्रकार नाम दिइएको कार्यक्रममा मेयर र उपमेयरले पत्रकारहरुले रामधुनी नगरक्षेत्रमा देखेका समस्या र गुनासाहरु नगरप्रमुख तथा उपप्रमुखलाई राखेका थिए भने नगरमा देखिएका र गर्ने पर्ने कामको सुझाव समेत प्रस्तुत गरेका थिए । 

नगरपालिकाका सुचना अधिकारी बसन्त मोतेले संचालन गरेको औपचारिक सत्रको कार्यक्रममा पत्रकारहरुले रामधुनी नगरका सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर खस्केको साथै बीमा सेवा लिइरहेका विरामीहरुलाई रेफरकै लागि इटहरी तथा इनरुवा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सुझाव दिएका थिए । नगरको काम कारवाहीबारे पत्रकारहरुलाई जानकारी गराउँदै नगरप्रमुख शंकरलाल चौधरीले नगरले यस आर्थिक बर्षका १८ वटा योजनाको ठेक्का सम्झौता भइसकेको र यसपालि अघिल्लो बर्षभन्दा पहिल्यै सम्पन्न हुने गरी आर्थिक बर्षमा छुटिएका कामको थालनी भएको बताए । 

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले नगरमा हुने सम्पुर्ण पक्की सडकहरु हाईवेको स्टान्डर्डमा रहने बताए । 

322543781_911412323221905_4326917763694279157_n

कार्यक्रममा मेयर शंकरलाल चौधरी र उपमेयर तारा थापाले आफुहरु निर्वाचित भएर आएपछि गरेका संक्षिप्त कार्यप्रगति उल्लेख गरेका थिए  । कार्यक्रमको सुरुमै पत्रकारहरुलाई स्वागत गर्दै उपमेयर तारा थापाले पत्रकारहरुले आधिकारिक सुचना लिएर सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेरमात्रै सुचना प्रवाह गर्न अनुरोध गरिन । प्रशासकिय अधिकृत थापाले  सडक निर्माण तथा पूर्वाधारका काममा टेन्डर प्रकृया सकेर सम्झौताका कामहरु भइरहेको र यसबर्ष विगतको तुलनामा विकासका कामहरु छिटो सम्पन्न हुने बताए । 

नगरप्रमुख चौधरीले रामधुनीको विकासका लागि आफ्नो कार्यकाल महत्वपूर्ण रहने बताए । उनका अनुसार रामधुनी नगरको नाम नै रामधुनी मन्दिरबाटै भएको र त्यसको विकासका लागि गुरुयोजनाका साथ अगाडि बढेको छ । रामधुनी मन्दिरलाई पर्यटर्कीय गन्तव्यका रुपमा विकास गर्नका लागि डिपिआर निर्माणको काम पनि सम्पन्न भएको सो अबसरमा उल्ल्ेख गरिएको छ ।

नागरिकलाई जतिसक्दो चाँडो सेवा सुविधा पूर्याउनका लागि सवै वडा र नगरपालिका जोड्ने सडक निर्माणलाई प्राथमिक्ताका साथ काम गरेको चौधरीले बताए । नगरपालिकाकी उपमेयर तारा थापाले रामधुनीको बजार व्यवस्थापनका लागि काम सुरु गरिसकेको बताइन् । बजारलाई सौन्दर्य तथा स्वच्छ बनाउनका लागि अभियान नै संचालन गरेको उनको भनाई छ ।

323362019_853035372594466_245703956873707687_n