सुनसरीः  धरानको प्राज्ञिक एजुकेशन फाउन्डेसन प्रालि धरान उपमहानगरको उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । बुधवार धरान उत्सवको उद्घाटन कार्यक्रममा  फाउन्डेसनलाई मेयर हर्क साम्पाङले उत्कृष्ट करदाताको रूपमा सम्मानसहित कदर पत्र प्रदान गरे ।

धरान उपमहानगरपालिकाको समग्र विकासका लागि नगरलाई बुझाउनु पर्ने कर मध्ये सम्पत्ति कर तर्फबाट समयमा र सबैभन्दा बढी बहाल कर बुझाएको भन्दै  प्राज्ञिक एजुकेशन फाउन्डेसनलाई सम्मान गरिएको हो । सुनसरी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अशोककुमार राईले प्राज्ञिक एजुकेशन फाउन्डेसनका डाइरेक्टर अशोक अग्रवालले उक्त कदर पत्र प्रदान गरे ।

320967041_467550378915680_2920314661737639286_n

धरान उत्सवको उद्घाटन समारोहका प्रमुख अतिथि रहेका राईले प्राज्ञिक एजुकेशन फाउन्डेसनबाट सञ्चालित केके इन्टरनेश्नल स्कुलले धरानको शिक्षा क्षेत्रमा पुराएको योगदान अतुलनीय रहेको बताए । 

बलियो राष्ट्र निर्माणका लागि शिक्षा क्षेत्रबाट फाउन्डेसन मार्फत यसरी नै नगरको विकासको लागि सदैव योगदान दिने डाइरेक्टर अशोक अग्रवालले प्रतिबद्धता जनाए ।

321309468_5664324877019538_6037560422776441545_n