इटहरीः नेकपा एमालेका तर्फबाट प्रदेश सभामा सदस्यमा निर्वाचित रेवतीरमण भण्डारी सभामुख र आफुले चाहेजस्तो मन्त्रालय समेत नपाउने भएपछि प्रदेश सभाको एमालेका तर्फबाट प्रमुख सचेतकमा सिमित भएका छन् ।
प्रदेश १ सरकारमा नेकपा एमालेको तर्फबाट सरकारको नेतृत्व हिक्मत कार्कीले गर्ने र नेकपा एमालेले मुख्यमन्त्री सहित जम्मा चार मन्त्रालय पाउने भएको छ । चार जना मन्त्रीमा आफ्नो नाम नपरेपछि सभामुखको लाईनमा रहेका भण्डारी सो समेत नपाउने भएपछि प्रमुख सचेतकमा पुगेको स्रोतको भनाई छ ।
संविधानसभा सदस्य समेत भइसकेका भण्डारी प्रदेश १ सरकारको आर्थिक मामिला या सामाजिक विकास मन्त्रालयमा जान चाहेका थिए । तर दुवै अस्त्र असफल भएपछि प्रमुख सचेतकमा चित्त बुझाउनु परेको बताइएको छ ।
सुनसरी २ ‘क’ बाट प्रदेश सभामा निर्वाचित भण्डारी प्रमुख सचेतक भएपछि प्रदेश सभाको लागि टिकटमा प्रतिस्पर्धा गर्ने एमाले नेता रामप्रसाद चौलागाईले लैला शब्द प्रयोग गर्दै बद्याई दिँदै नजानिदोँ प्रहार गरेका छन् ।
अर्थमन्त्रालय लिने भन्ने कुरा भएका भण्डारी अर्थ मन्त्रालय नमिले ‘लैला’ को लागि सामाजिक विकास मन्त्रालय लिने कुरा भएपनि मन्त्रालय नलिई सचेतक भएको भन्दै प्रहार गरेका छन् ।
चौलागाईले सामाजिक संजालमा व्यक्त गरेको उक्त स्टाटसले बजार तताएको छ ।उनको स्टाटसमा लैला भनेर कसलाई भनिएको भन्ने उत्तर खोज्न बजारमा धेरैले कोशिस गरिरहेका छन् । तथापि यो सांकेतिक शव्द हो । चौलागाई गत प्रदेश सभामा टिकट पाउने आशा गरिएका नेता हुन् । उनले कसैप्रति इंकित गर्दै लैला शब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेपछि अनेक खाल अडकलबाजी सहित थुप्रै प्रतिक्रियाहरु आएका छन् ।
एमाले युवा विद्यार्थी एक नेताले चौलागाईले यस्तो स्टाटस लेख्न नहुने तर्क गरे । उनले भने‘चौलागाई कहिले नसुध्रने भए । अब त सुध्रिएलान् भनेको नहुने भए । जति सम्झाउँदा नि नहुने रहेछ ।’