इटहरीः इटहरी उपमहानगरपालिकाकाले यहि पौष मसान्त सम्म कर तिर्नेलाई छुट सहुलियत घोषणा गरेको छ । बजेट भाषणमा गरेको बाचा अनुसार सहुलियत करहरु पौष मसान्त सम्म बुझाइसक्न नगरवासीहरुलाई उपमहानगरको आग्रह छ ।
पौष मसान्त भित्र एकृकित सम्पती कर, बहाल कर, ब्यबसाय कर तिरेमा १० प्रतिशत छुट हुने छ । त्यस्तै अधिल्लो बर्ष नतिरेकालाइ जरिवाना छुटको ब्यबस्था गरेको छ ।
पौष महिना भित्र यो बर्षको कर तिरे उपमहानगरले २०७५ साल अगाडीको बहाल कर पुर्ण रुपमा छुट हुने इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेताले बताएका छन ।
उप महानगरपालिकाबाट संकलन हुने राजस्व प्रणालीलाई ब्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन चुस्त बनाउँन मेयर हेमकर्ण पौडेलले कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन ।
सबै करदाताहरुका लागि २०७९ पुस मसान्तसम्म सम्पत्ति कर , घरबहाल कर र ब्यबसायीक चुक्ता गरेमा करमा छुटैछुट भनि आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत कर छुटको बम्पर अफर नै ल्याएको थियो ।
लामो समय कोभिडको महामारी र लगातारको आर्थिक मन्दिको मारमा रहेका व्यवसायी र आम जनतालाई परेको आर्थिक भारमा राहत दिन इटहरी उपमहानगरले कर छुटको अफर दिएको थियो । त्यो समय पौष समान्तमा सकिदै छ । यो अबसर लिने समय अझै बाँकी छ । यो समयको सदुपयोग गर्ने इटहरी उपमहानगरपालिकाले आग्रह गरेकोछ ।