प्रकाश बन्जारा
इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ४ का जंग बहादुर राउतले संचालन गरेको ‘ए एण्ड वी’ एग्रिकल्चरमा शनिवार राती आगलागी भएको छ ।
रामधुनी ४ को लालपुर बजारबाट केही दक्षिणमा रहेको बाख्रा फारममा राती अन्दाजी साढे बाह्र बजे आगलागी भएको हो ।
आगलागीबाट २ सय खसी बोका जलेर सखाप भएको र करिव ३ करोडको हाराहारीमा क्षति भएको बताइएको छ ।
आगलागीको कारणबारे अहिले केही पनी थाहा हुन नसकेको छिमेकी राजन भट्टराईले बताए । उदाहरणीय काम गरिरहेका जंग बहादुरले बाख्रापालनबाट राम्रै आम्दानी गरिरहेका थिए ।
आगलागी पछि रामधुनी नगरपालिकाको दमकल बोलाइएको भएपनि दमकल आउँदासम्म निकै क्षति भइसकेको बुझिएको छ । छिमेकी घरहरु केही टाढा भएका कारण अन्यन्त्र भने केही क्षति हुन नपाएको राजनले बताएका छन् ।