प्रकाश बन्जारा 

इटहरीः उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन आगामी माघ १४ गतेलाई तोकिएपछि व्यापारीका नेताहरु आफ्नो पक्षमा व्यावसायीलाई पार्न लागिपरेका छन् । 

उद्योग वाणिज्य संघलाई व्यावसायी मैत्री बनाउन भन्दै दुई कार्यकाल वाणिज्य संघको अध्यक्ष बनेका व्यावसायी भिम पौडेल नेतृत्वले स्थानीय निर्वाचन र संघीय निर्वाचनको वाहाना बनाउँदै उवासंघको निर्वाचनलाई भने आधा बर्ष पर धकेलेको छ । 

समयमा नै धरान उद्योग वाणिज्य संघको निर्वाचन हुँदा इटहरीमा भने आफु मेयरको टिकट पाए वाणिज्य संघ त्याग्ने दाउमा लागेका पौडेलले उवासंघको निर्वाचनलाई भदौमा ठेलेका थिए । मेयरको पटकका लागि लविङ्ग गर्न काठमाण्डौ सम्म पुगेपनि टिकट नपाएपछि पौडेलले भदौमा निर्वाचन गराएर पुन उवासंघको नेतृत्वमा खर्च गर्ने योजना बनाए तर प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मिति मंसिरलाई तोकिएपछि पौडेल पुनः प्रदेश सभाको टिकटमा लविङ्ग गर्न  पुगे । 

मेयर र प्रदेश सभा दुवैमा टिकट नपाएपछि अहिले भने माघ १४ गते उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन तोकेर भिम पौडेल पुन आफैँ नेतृत्वमा आउने दाउमा रहेको स्रोत बताउँछ । 

पौडेलले आफु यसपालि सर्वसम्मत नेतृत्वमा आउन अर्को खेमालाई फकाउन थालिसकेको स्रोतले बताएको छ । आफना अरु अवसर गुमेपछि प्रोफायलको लागि भएपनि आफैँ अध्यक्षमा रहने दाउमा पौडेल रहेको उनिनिकटका व्यावसायीहरु बताउँछन् तर पौडेलले भने यसबारेमा केही बोलेका छैनन् ।  

नेपाली कांग्रेस खेमामा रहेका भिम पौडेल सहितका नेताहरुले अहिलेसम्म आधिकारीक उम्मेद्वार घोषणा नगरेको अवस्थामा नेकपा एमाले निकट व्यावसायीले भने आफ्नो आधिकारीक उम्मेद्वारी घोषणा गरीसकेका छन् ।

 एमाले निकट व्यावसायीको तर्फबाट इटहरीको सिग्मा सप्लायर्सकी प्रोपाइटर तथा नेतृ रन्जु सिग्देलले आफ्नो अध्यक्षमा उम्मेद्वारी घोषणा गरेकी छन् भने सामाजिक संजालमा आफ्नो अध्यक्षको दावी प्रस्तुत गरेपनि नेपाली कांग्रेस खेमाकी गायत्री कट्वाल भण्डारीको पार्टीगत उम्मेद्वारी घोषणा भइसकेको छैन । 

इटहरीको जिफो एस कलेन्सनकी प्रोपाइटर रहेकी गायत्री उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिकी कोषाध्यक्ष समेत हुन । उद्याग वाणिज्य संघ जन्मिनु भन्दा पहिले देखि आफु इटहरीमा व्यावसायी बनेको नाताले पनि आफुले उद्योगी व्यावसायीको चाहाना र समस्या बुझेको र अवको नेतृत्व महिलाले गर्न सक्छन् भन्ने हिसावले पनि आफुले उम्मेद्वारी दिने गायत्रीको भनाई छ । 

उद्योगी व्यापारीका तमाम समस्यामा उद्योग वाणिज्य संघ छ भन्ने देखाउन पनि आफुले उम्मेद्वारी दिन लागेको बताउँने भण्डारी आफुले उवासंघको नेतृत्व गर्न पाए उद्योगी व्यापारीले अभिभावकत्व दिन सक्ने भण्डारीको विश्वास छ यसो त उनले सबै वस्तुगत संघहरुलाई उवासंघकै भवनमा छुट्टाछुट्टै कार्यलयको व्यावस्था गर्ने र एक जना कर्मचारी समेत राखेर वजारमा निरन्तर उवासंघको उपस्थिती समेत देखाउने भण्डारीको योजना छ ।

यता उवासंघको अध्यक्षको आकांक्षी रहेका वर्तमान कार्यसमितिका सदस्य सदस्य तथा पर्यटन विभागका संयोजक जिवन पराजुली उवासंघको वर्तमान कार्यसमितिले कोरोना महामारीका बावजुत उल्लेख्य काम गरेको बताउँछन् । कोरोनाको समयमा व्यावसायीका लागि आइसोलेसन सेन्टर निर्माण गर्नेदेखि लिएर, राहत वितरण तथा व्यापारी व्यावसायीका लागि बैँकको व्याजदर सम्बन्धि मुद्धालाई लिएर समेत आवाज उठाएको पराजुलीको भनाई हो । 

व्यावसायीलेको हितमा  भनेजति काम गर्न नसकेपछि कर मिसम्याच सम्बन्धि काम, कर कार्यलयबाट हुने बेमौसमी छापा जस्ता कुरामा व्यावसायीलाई उद्योग वाणिज्य संघ छ भन्ने हिसावले काम गर्नुपर्ने पराजुलीको भनाई छ । 

बिभिन्न हिसावले आफु इटहरीका उद्योगी र व्यापारीको हितमा लागेको र त्यही कारण पनि आफ्ने नेतृत्वमा उवासंघ इटहरीले केही मुहार फेर्ने जिवनले सुनाए । 

प्रदेश पोर्टलसँगको कुराकानीको क्रममा व्यासायीको मुद्धालाई लिएर इलाका प्रहरी कार्यलय पुगेका पराजुली आफुले यही १५ दिन भित्रै पनि ७ वटा भन्दा बढी व्यावसायीका मुद्धालाई किनारा लगाएको बताउँछन् । आफ्नो पक्षमा पहल र व्यावसायीसँग भेटघाटमा रहेका पराजुली वर्तमान नेतृत्वले गर्नुपर्ने जति काम भने नगरेको स्वीकार गर्छन । 

यस्तै नेकपा एमाले निकट व्यावसायीहरुले रन्जु सिग्देललाई नेतृत्वको लागि अघि सारेको छ । चार दिन अघिमात्रै एक कार्यक्रममा बिच अध्यक्षको उम्मेद्वारी घोषणा गरेकी सिग्देल १५ बर्षदेखि इटहरी बुझेकी व्यावसायी भएको दावी गर्छिन । 

भिम पौडेल नेतृत्व अघिको वाणिज्य संघको कार्यसमितिमा रहेकी तर पौडेलले नेतृत्वमा नयाँ समिति निर्वाचनमा होमिदा सिग्देल पनि होमिएकी थिइन् । तर उनी संलग्न समितिले पनि कुरा बढी काम भने अनुसार नगरेको भन्दै प्यानल नै पराजित भएको थियो । उनी शैलेश बिष्ट नेतृत्वको प्यानलबाट उम्मेदवार बनेकी थिइन् ।  सिग्देलले भिम बहादुर पौडेल नेतृत्वको वर्तमान उवासंघको कार्यसमिति असफल भइसकेको बताउँछिन् । व्यावसायीहरुलाई तालिम दिने कुरा साथै कर प्रणालीमा आफ्नो व्यापसायलाई कसरी रजिष्टर गर्ने र राजश्वको अनावश्यक टचरबाट जोगिने भन्ने बिषयहरुलमा उवासंघले व्यासायीलाई प्रशिक्षण दिनुपर्ने धारणा राख्छिन् । गत निर्वाचनमा आफु पराजित बनेपछि निरन्तर व्यावसायीको काम गर्न लागी परेको सिग्देलले दावी गरेकी छन् । सिग्देल अवको नेतृत्व लिन महिला सक्षम भएको बताउँछिन् ।  आफु निर्वाचित भएका खण्डमा व्यावसायीको लागि उद्योग वाणिज्य सघले अभिभाकत्व दिन्छ भन्ने विश्वास दिलाउने गरी काम गर्ने सिग्देलले बताइन । 

सामान्यतथा तीन तीन बर्षमा चयन हुने वाणिज्य संघको नेतृत्वले व्यावसायीको पक्षमा गर्ने काम थुप्रै भएपनि भोटका लागि मात्रै निर्वाचन ताका व्यावसायीलाई ललिपप ख्वाउने प्रचलन उवासंघमा हुनेगरेको भुक्तभोगीहरुको भनाई छ । त्यसो त घोषणा गरेको केही काम पनि गर्न नसकेपछि वर्तमान नेतृत्व कार्यसमितीबाटै आलोचित बनेको छ । पौडेल अघिको नेतृत्वपनि यसरी नै काम गर्न नसकेपछि आलोचित भएको थियो ।  आगामी नेतृत्वमा जो आएपनि उवासंघ व्यावसायी मैत्री बनोस त्यही शुभकामना ।