इटहरीः प्रदेश नम्बर १ को नाम कोशी राखेको बिरोधमा आन्दोलन गरिरहेको प्रदेश नँ १ नामाकंन सयुक्त संघर्ष समितिका घटकले खोटाङ्ग सदरमुकाम दिक्तेलमा प्रदेशसभा सदस्य पाँचकर्ण राईलाई कालो झण्डा देखाएका छन् । 

दिक्तेल बजार स्थित जिल्ला समन्वयको हलमा प्रदेशसभा सदस्यविरद्ध नारावाजी गर्दै कालो भण्डा देखाउने क्रममा संयुक्त संघर्ष समितिका घटक संस्था  किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युग्सन राई, सह–कोषाध्यक्ष दार्विन चाम्लिङ राई , जनता समाजवादी पार्टी खोटाङका सचिव सुनिल राई दित्तेल रुपाकोट मझुवागढीका पुर्व अध्यक्ष सप्तमनी राई, धनिराम लार्य लगायतलाई प्रहरी पक्राउ गरेको छ । 

339714931_661795585954684_2486627818136681332_n

शनिवार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ताको निशर्त रिहाईको माग गरेको छ । 

प्रदेशको नाम कोशी पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्य र मन्त्री सहभागी कार्यक्रममा विरोध गर्ने आन्दोलनजारीरहेको भन्दै सार्वजनिक कार्यक्रमहरुमा सरोकारवाला प्रदेशसभा सदस्य , मन्त्री तथा मुख्यमन्त्री उपस्थित भई आन्दोलनलाई उत्तेजित  नवनाउन समेत विज्ञप्तिमार्फत संघर्ष समितिले अनुरोध गरेको छ । 

340608463_1971102729890128_4426984641089251385_n

विज्ञप्तिमा किराँत याक्थुङ चुम्लुङ्, आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । प्रदेशको नाम इतिहाँस, सभ्याता, सांस्कृतिक विशेषतालाई समेट्दै बहुपहचिानको आधारमा नामाकरण हुनुपर्दछ भन्ने प्रदेशबासी जनताको मागलाई लत्याँउदै संवैधानिक हिसावले व्यावस्था भएको कार्यविधिको सामान्य परिपक्कतको समय र प्रत्रिया समेतलाई  उल्लंघन गरेको  आन्दोलनरत पक्षले आरोप लगाएका छन् ।