इटहरीः सुनसरीको दक्षिणवर्ती बर्जु गाँउपालिकाको कार्यालयका इन्जिनियर अजयकुमार मेहतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित रंगेहात पक्राउ गरेको छ ।  

 मेहताले घर नक्सा पासका लागि सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको अवस्थामा अख्तियारको टोलीले घुस रकमसहित सोमबार पक्राउ गरेको हो ।

337998588_522432746762070_1806792553120087110_n

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर मेहतालाई सूचना एवं उजुरी निवेदनका आधारमा २० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित विराटनगर महानगरपालिका वडा नं ५, पुल्चोक छेउबाट सोमबार पक्राउ गरेको हो ।  

मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।