विराटनगरः गत जेठ ६ गते राती ९ जनाको विभत्स हत्या भएको घटनाबारे प्रदेश एक सरकारले संसदमा जानकारी गराएको छ । संसदको चौथो एवंम बजेट अधिवेशनमा विशेष समय लिएर बोल्ने अधिकांश सांसदले पाँचथरको आरुबोटेमा भएको हत्याकाण्डबारे अनुसन्धान कहाँ पुुग्यो भन्दै सरकारसँग जवाफ मागेका थिए ।
जवाफ दिने क्रममा आन्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मत कार्कीले अनुसन्धानलाई गम्भिरढंगले अगाडी बढाइएको भन्दै अनुसन्धानका कुुनै पनि कोण बाँकि नराखिने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त हत्याकाण्डमा ज्यान गुुमाएका दुुइ परिवारका संदिग्घ भनिएका मान बहादुर माखिमले समेत आत्महत्या गरेका कारण उक्त अनुसन्धान लम्मिएको सदनमा जानकारी गराइएको छ ।
घटनामा भागेर बाँच्न सफल भएकी १४ वर्षिया सीता खजुमको बयान र प्रहरीले घटनास्थलबाट बरामत गरेको सामानको आधारमा एकै व्यक्तिले हत्या गरेको हो भन्न सकिने सम्भावना भएको कार्कीको भनाइ छ । उनले आत्महत्या गरिएको व्यक्ति र हत्या भएको परिवारसँग मनमुटाव भएको कारण अपराधको रुप लिएको भन्न सकिने आधार प्रशस्त भएको तर्क गरे ।
प्रहरीले गरेको अनुसन्धान, विधि विज्ञान प्रयोगशालमा भइको अनुसन्धान, लाशको पोस्टमार्टम लगाएतको बारेमा सदनमा जानकारी गराएका थिए । एकै व्यक्तिले यति धेरै व्यक्तिको हत्या गरिएको भन्ने प्रश्न पनि उठेको हुँदा सो कोणबाट समेत अनुसन्धान भएको उनको तर्क छ । उनले उक्त हत्या गरिएका परिवारलाई लक्षित गर्दै केहि दिन अघि खानामा सिसाको धुलो मिलाइएको घटनालाई हेलचेक्राईको रुपमा लिँदा यसले अकल्पनिय दुुर्घटना निम्त्याएको भन्दै प्रहरीप्रति लक्षित गर्दै उक्त घटनाको पनि अनुसन्धान चलिरहेको जानकारी गराए ।
’आत्महत्या गरिएको व्यक्तिको कल रेकर्डले हेर्दा समेत हत्या गरिएको समयमा उनको मोवाइल सोहि ठाउँमा भएको देखिएको हुँदा उनैले हत्या गरेको भन्ने आधार पर्याप्त छ ।‘ मन्त्री कार्कीले भने ‘यद्धपी यस बारे नेपाल प्रहरीले गम्भिरताका साथ यस घटनाको अनुसन्धान गर्दैछ, प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको रिपोर्ट र हत्या गरिएका व्यक्तिको पोस्टमार्टम रिपोर्टले थप प्रस्ट पार्नेछ ।’