इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी आफ्नो घरमा बसेर खाजा पानी खाएको बिषयलाई स्थानीय केही व्यक्तिहरुले गलत अर्थ लगाई सामाजिक सञ्जालमा आफ्नो फोटो, नाम र घर सहित राखेर पोष्ट गरी चरित्र हत्या गरेको बताउँदै पिडित महिलाले न्याय दिलाउन माग गरेकी छन् ।
वास्तविक घटनाका बारेमा बुझ्न आज उनको घर पुगेको महिला अधिकारर्कीहरुको टोलीसंग उनले आफ्नो मानमर्दन हुने गरि विना प्रमाण र आधरमा आफ्नो चरित्र हत्या हुने गरि आफ्नो र घरको फोटो राखेर आपत्तिजनक शब्दहरु लेखि फेसबुकमा पोष्ट गर्नेलाई कार्वाही गरि आफुलाई न्याय दिलाउन माग गरेकी हुन् ।
उनले आफुलाई सोधै नसोधी केही व्यक्तिहरुले समाचार शैलीमा फेसबुक स्टाटसमा भए नभएको कुरा लेखेर त्यसरी फेसबुकमा पोष्ट गरेर समाजिक रुपमा वेजइत गरेको बताइन् । उनले आफु दलित ती माथि एक्ली भएकाले आफुमाथि अन्याय गरिएको बताइन् । उनले भनिन् –‘मेरो घरमा कोही पुरुष नै आउन नहुने भन्ने कुरा त नहोला । कहिले मेरा माइतीबाट दाजुभाई आउछन् । कहिले मावलीबाट गाडी लिएरै आउछन् । बस्छन् खाजा पानी खान्छन्,जान्छन् । त्यो दिनपनि मेयर साब पनि आफ्ना थप दुई साथीसंग आउनु भएको हो । घरमा पुजा गर्न कुखुरा राखेको थिए । मेयर साबले काटेर खाने कुरा गर्नुभयो । मैले काटेर पकाए । समाजले नराम्रो सोच्छन् कि भनेर छिमेकी ऋषीदेव आमालाई बोलाए ।’
उनले रोजगारका लागि बहराइनमा रहेका आफ्ना श्रीमान् र एक दुई घर बाहेक सबै छिमेकीहरुसंग सम्बन्ध राम्रो भएको बताइन् । उनले भनिन्् –‘मेयर घरमा खाजा पानी खाएर गएको राती मलाई फोन गरेर वडा सदस्य जीवन राईले मेयर साब तपाईको घरमा हुनुहुन्छ भनेर फोन गर्नुभयो । मैले हुनुहुन्न । साँझ ६ बजे नै वहाँ लगायत तीन जनानै हिडिसक्नु भयो भने । मैले विश्वास लाग्दैन भने घर आउन पनि भने । त्यसको केही समयपछि प्रहरी समेत मेयरसाबको घरमा पुगेको थाहा पाए । त्यो बेला मेयर साब आफ्नै घरमा सुतिरहनु भएको रहेछ , यो सबै कुरा जीवन दाईबाटै केही बेरमा थाहा पाएँ ।’
जीवन राईको फोन आएपछि आफु र मेयर साबको कुनै गल्ती नभएको बिषय किन यस्तो भयो भन्ने कुराले रातभरी निदाउन नसकेको उनले बताइन् । तर, बिहान छिमेकका केही दाजुहरु आएर हिजोको घटनामा तिम्रो केही गल्ती छैन् । तनाव नलिई नडराई बस्नु केही हुदैन भनेर हिम्मत बढाउने काम गरेको उनले बताइन् । उनले भनिन्–‘मेयरसाब घरमा आएका कारण नराम्रो त भयो , तर त्यस्तो गलत कार्य केही भएको छैन् । त्यसका लागि म जहाँ गएर जे जे गर्नु पर्छ म हाँसी हाँसी गएर गर्न तयार छु । तर एउटी महिला भएकै कारण हेपेर जे मन लाग्यो त्यही लेखेर फेसबुकमा पोष्ट गर्ने अधिकार ती व्यक्तिलाई कस्ले दियो ? ’
उनले राती नै मेरो घर वरिपरी पत्रकार अनि संगसंगै जस्तो गरि प्रहरी आउने कारण चाँही के हो? आफुले पनि बुझ्न नसकेको बताइन् । आफ्नो कुनै गल्ती नभएकाले आफु नडराउने उनको भनाई छ ।
कुखुराको मासु पाकिसकेपछि सिटिङ रुममा बसेर वियरसंग कुखुराको मासु खाएर साँझ ६ बजेतिर घर जानु भएको ती महिलाले बताइन् । यहाँ मेरो घर नजिकै मेयरसाबको जग्गा प्लटिङ छ । त्यही भएर यहाँ आईरहन्छु । मलाई पनि मेयर साबले बिक्री गराउनुभयो भने ५ प्रतिशत दिन्छु भन्नु भएकाले केही जग्गा पनि बिक्री गराएको छु । कमिशन पनि पाएको छु । मैले गरि खाएका कारण छिमेकमा रहेका केही व्यक्तिहरुले रिस गरेकाले नहुने कुरा फिजाएर आफुलाई नराम्रो बनाउने काम गरिएको उनले बताइन् ।
उनले भनिन् –‘फोटो राखेर बद्नाम गर्ने उद्धेश्यले फेसबुकमा जथाभावी लेखेर पोष्ट गरिदा माईती पक्षले गाली गरेको र गल्ती विना आफन्तले पनि नराम्रो सोच्नुभयो । तर मेयरसाब मेरो घरमा आएर खाजा खाएर गएको बिषयमा मेरो केही दोष छैन् । मेयर साबले पनि एक शब्द नराम्रो बोल्नु भएको छैन् । यो बिषयमा कहाँ गएर के के भन्नु पर्छ म भन्न तयार छु ।’ दलित महिलाको घरमा मेयर जस्तो मान्छे आउनै नहुनो हो कि ? उनको प्रश्न छ ।
उनले फेसबुकमा घर र आफ्नो फोटो सहित स्टाटस हाल्ने तारा पोख्रेलले आफ्ना बारेमा लेखेको कुरा प्रमाण पुर्याउनु पर्ने बताइन् । प्रमाण विना होरेको भरमा दलित महिलालाई हेपेर त्यसरी कसैको चरित्र हत्या गर्न उनले मिल्छ । अब उनलाई के कस्तो कार्वाही हुन्छ ? त्यो कुराको निधो गरिदिन उनले अधिकारकर्मीहरुसंग आग्रह गरेकी छन् ।