इटहरीः कोरोना संक्रमणसंगै नेपाल सरकारले देशभरी नै लकडाउन जारी राखेको छ । लकडाउनलाई व्यवस्थित गर्न ,कोरोना संक्रमणबाट नागरिकहरुलाई जोगाउनका लागि अपनाउनु पर्ने सुरक्षा व्यवस्था देखि लिएर अन्य सेवाका लागि अग्रस्थानमा खटिनेहरुमा नेपाल प्रहरीपनि पर्छन् । तीनै रात दिन खटिने इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरीलाई नेकपा इटहरी ४ का वडा सचिव टिका पराजुलीले हिजो कोल्ड कफी खुवाएका छन् । पार्टीका वडा सचिव पराजुलीले मानवता सेवाको भावले प्रहरीलाई कोल्डकफी खुवाएको बताएका छन् । २४ घण्टा खटिने प्रहरीको मनोबल उच्च पर्न र उनिहरुको कार्यको मूल्यांकन गर्दै आफुले सो सेवा गरेको पराजुलीको भनाई छ ।

95606788_1599259696888364_184913318643761152_n 95818042_1599259686888365_126519381374009344_n 96045446_1599259770221690_5738884444207448064_n