इटहरीः तेह्रथुमको फेदाप गाँउपालिका वडा नम्बर ५ मा एक २० बर्षीय छोराले आफ्नै बुबा आमाको हत्या गरेका छन् ।
घरयासी विवादमा फेदाप गाँउपालिका वडा नम्बर ५ ईसिवुका २० बर्षीय कञ्चन लिम्बूले बञ्चरो प्रहार गरि बिहिबार साँझ साढे ६ बजे आफ्नै बुबा र आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
बञ्चरो प्रहारबाट गम्भिर भएका ४२ बर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ बर्षीया आमा इसा खापुङ लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक तेजबहादुर दाहालले बताए । हत्या गरिएका मध्ये इसा खापुङ लिम्बू कञ्चनका सौतेनी आमा रहेको बुझिएको छ । उनले के कति कारणले बुबा आमाकै त्यसरी हत्या गरेका हुन् ? खुल्न सकेको छैन् ।
बुबा आमाको हत्या गरि भाग्दै गरेका कञ्चनलाई पोक्लाबाङ्ग प्रहरी चौकीले पक्राउ गरेको छ । घटना स्थलमा भोलिमात्र प्रहरी पुग्ने र शबलाई पोष्टमार्टमका लागि जिल्ला लैजाने फेदाप गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष टेकबहादुर घिसिंङले बताएका छन् । स्थानीय कृष्ण फोम्वका अनुसार मृत्कका ७ महिनाको नाबालक रहेका छन् ।