इटहरीः एकपछि अर्को काण्डमा मुछिएर चरम विवादमा फसेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको अर्को हर्कत बाहिरएको छ ।
नेकपाले डामेर छाडेको साँढे जत्तिकै भएका मेयर चौधरीले केही दिनअघि एक महिलाको घरमा रातको समयमा आफ्ना दुई साथीसंगै बसेर वियर र कुखुराको मासु खाएको बिषयलाई लिएर स्थानीय तारा पोख्रेलले फेसबुकमा स्टाटस हालेको बिषयमा पोख्रेललाई फोन गरेर श्रीमति अपहरण गर्ने धम्की दिएका छन् ।
उनले गएराती ८ बजेर ४५ मिनेट जाँदा पोख्रेललाई फोन गरेका थिए । फोन गरेपछि पोख्रेलले को बोलेको भन्दै परिचय मागेका थिए । त्यसपछि मेयर चौधरीले पटक पटक तेरो बुढीको पोई भनेका थिए । पोख्रेलले द्धारिकलाल चौधरी भनेर प्रश्न गरेपछि उनि चुप लागेको अडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भएको छ । पोख्रेलले दलित एक महिलाको घरमा रातको समयमा बसेर मासु र वियर खाएको बिषयलाई मेयर चौधरीलाई जोडेर ती महिलाको नाम, फोटो र घरको फोटा समेत हालेर फेसबुकमा स्टाटस हाल्नु गलत भए कानूनी उपचारमा जानुको साटो मेयर जस्तो जिम्मेवार पदमा भएका मेयर चौधरीले यो सम्मको हर्कत गरेको भन्दै सामाजिक सञ्जालमा कडा आलोचना सुरु भएको छ ।
मेयर चौधरीको पछिल्लो हर्कत -अडियो_ सहित सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मेयरले अति गरेको र यीनलाई पार्टीले नै डामेर छाडेको भन्नेसम्मको टिप्पणी हुन थालेको छ ।

अडियो मा यस्तो भनिएको छ ।
पत्रकार ः हँ खै बोल्या ? कोहो ?
मेयर ः तेरा बुढीको पोइ
पत्रकार ः हँ ? अरु अरु, को बोल्या ?
मेयर ः तेरो बुढीको पोइ
पत्रकार ःअत भन नत भन न । के भोत भन न । तो ठिकै होत तो....... खोइ बोल्या ?
मेयर ः तेरा बुढीको पोइ
पत्रकार ः को ?
मेयर ः तेरो बुढीको पोइ
पत्रकार ः के भन्छ होउ यो मान्छे..................खै बोल्या ?
मेयर ः तेरो बुढीको पोइ
पत्रकार ः अन्त के भो त श्र
मेयर ः तेरो बुढीलाई भोली अपरहण गर्दै छ त ।
पत्रकार ःके भन्या ? खै बोलेको ?
मेयर ः तेरो बुढीको पोई
पत्रकार ः भन न त भन के भनेको त ? यर ? तेरो बुढीलाई भोली अपहरण गर्दै छ त ।
पत्रकार ः कस्ले ?
मेयर ः तेरो बुढीको पोइले

 यतिबोली सकेपछि पत्रकार तारा पोख्रेलको फेसबुक स्टाटस हेर्नुहोस् । 

tara pokhrel 2