इटहरी: सशस्त्र प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ।
गृह मन्त्रालय बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले साधारण समूहको साधारण उपसमूहतर्फ रिक्त रहेको २२ पदमा २२ जना डीएसपीको नाम सिफारिस गरेको हो ।
सिफारिसमा परेकाको पहिलो नम्बरमा समिर कुमार महर्जन छन् । दोस्रोमा महेश अधिकारी, तेस्रोमा दिपक कुमार थापा, चौथोमा राजु श्रेष्ठ, पाँचौंमा विजयकुमार केसी छन् ।
यसैगरी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाश कुमार सुवेदी, दिपेन्द्र कुँवर (र्क, सुरेन्द्र बुढाथोकी, हर्कबहादुर विष्ट पनि एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । यस्तै महेश केसी, संजय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दिपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोण कुमार बिष्टको नाम पनि बढुवा सिफारिसमा छ ।