इटहरी: नेपालमा थप ७ जना कोरोना संक्रमण थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु उदयपुर:भुल्के निवासी १८,४५,६५ वर्षका महिलाहरु छन् । कपिलबस्तु निवासी १७, १८, १८ वर्षका पुरुष त्यस्तै पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
आज राष्टिय प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको डा. अधिकारीले जाकारी दिए ।
यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ, भने निको भएर २७ जना घर फर्कि सकेका छन् ।