इटहरीः लिपुलेक–कालापानी क्षेत्रको ३७२ बर्गकिमी नेपाली भूमि अतिक्रमण गरि भारतले सडक निर्माण गरेको बिषयमा तत्काल राजनितिक एव्म कुटनितिक माध्यबाट छलफल गरि समस्याको दीर्घकालिन समाधान निकाल्न राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदले माग गरेको छ ।
सो पार्टीका तर्फबाट महासचिव केशब सुर्यवंशीले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै यस्तो माग गरेका हुन् । नेपाली जनता, बिभिन्न राजनितिक दलहरु, सीमाविद्हरुबाट पटक पटक सीमा मिचेका बिषयमा कुरा उठाउँदा पनि भारतीय पक्षबाट लिपुलेकमा एकतफी रुपमा नेपाली भूभाग मिचेर सडक निर्माण गर्नु नेपालको सार्वभौमसत्ता माथि ठाडो हस्तक्षेप र गम्भिर चुनौति हो भन्ने ठहर राष्ट्रिय जनमुक्ति पार्टीले गरे जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तो गम्भिर बिषयमा नेपाल सरकार बेखबर या उदासिन हुनु राष्ट्रिय लज्जा र घोर निन्दाको बिषय बनेको सो पार्टीले विज्ञप्तीमार्फत भनेको छ । विवादास्पद नक्शा प्रकरण सहितको यो बिषयलाई उच्च प्राथमिकतामा राखेर संघीय सांसदको चालु अधिवेशनमा छलफल गरि उपयुक्त निकास निकाल्न राष्ट्रिय जनमुक्ति पार्टीले जोडदार माग गरेको छ ।

janmukati pati,press bigeyapti