इटहरीः भारतले शुक्रबार लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेको दोस्रो दिन शनिवार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक वक्तव्य जारी गरि सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गरेका छन् ।
अध्यक्षद्धयले शनिवार राती जारी गरेको संयुक्त वक्तब्यमा भनिएको छ–‘नेकपा नेपाल र भारत सरकारसँग सम्पूर्ण सीमा समस्याहरु यसअघि गरिएका समझदारी अनुसार कुटनीतिक पहलमार्फत समाधान गर्न आग्रह गर्दछ । नेकपा उक्त क्षेत्रमा भारतले गरिरहेको सडक निर्माणको कार्य तत्काल रोक्न र उक्त क्षेत्रको समस्या समाधान नभएसम्म कुनै पनि गतिविधि नगर्न आग्रह गर्दछ ।’

दुई सरकारको सहमतिमा गठन गरिएका संयन्त्रणमार्फत सीमा समस्या समाधानका लागि स्थापना नेपालले पटक पटक आग्रह विपरीत भारतले एकल रुपमा गरिएका गतिविधिहरु सञ्चालन गरेकोसमेत वक्तब्यमा भनिएको छ ।