इटहरीः लिपुलेक क्षेत्रमा भारतले गरेको ठाडो हस्तक्षेप र चिनियाँ नागरिकहरुद्वारा नेपालको मुख्य प्रशासनिक भवन अगाडि लकडाउनको समयमा प्रहरीमाथि गरिएको गैरकानुनी हर्कत प्रति नागरिक समाज इटहरीले बिरोध जनाएको छ ।
नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइली र महासचिव राजु केसीले संयुक्त रुपमा आज एक प्रेश विज्ञप्ती प्रकाशित गर्दै बिरोध जनाएका हुन् । नागरिक समाज इटहरीले भारतले लिपुलेकमा नेपाली भूभाग मिचेर सडक निर्माण गरि संचालनमा ल्याएको बिषयलाई नेपाल सरकारले गम्भिर रुपमा लिई समस्या सावधानको आवश्यक पहल गर्न सरकारसंग माग पनि गरेको छ । नेपालको भूभाग मिचेर बनाइएको बाटो तत्काल बन्द गर्न पनि नागरिक समाजले माग गरेको छ ।
विज्ञप्तीमा नेपाल सरकारले तत्कालै उच्च स्तरबाट भारतसंग वार्ता गरि अतिक्रमित भूमि फिर्ता गर्नका लागि पहल गर्नु पर्ने माग पनि गरिएको छ ।
विज्ञप्तीमा सिंहदरबार अगाडी चिनियाँ नागरिकहरुले नेपाल प्रहरीमाथि गरेको आक्रमण र निषेधित क्षेत्रमा गरेको प्रर्दशनलाई नेपालको प्रचलित कानुन बमोजिमको हदैसम्मको कार्यवाहिको माग पनि नागरिक समाज इटहरीले गरेको छ ।