इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले फोन गरि आफ्नी श्रीमतिलाई अपशब्द प्रयोग गर्नुका साथै अपहरण गर्ने धम्की दिएको जनाउँदै बराह साप्ताहिकका पत्रकार ताराप्रसाद पोख्रेलले जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्ति सुरक्षाको माग गरेका छन् ।
पोख्रेलले आइतवार प्रमुख जिल्ला अधिकारी राजेश पौडेल सामु निवेदन पेश गरि शान्ति सुरक्षाको माग गरेका हुन् । इटहरी उपमहानगरपालिका प्रखुख द्धारीकलाल चौधरीले गत बैशाख २५ गते राती ८.४५ बजे पत्रकार पोख्रेलको मोबाइलमा फोन गरेका थिए । पत्रकार पोख्रेलले को बोलेको भन्ने प्रश्नमा उनले पटक पटक तेरी बुढीको पोइ भनेका थिए । त्यसपछि मेयर चौधरीले दुई पटकसम्म पत्रकार पोख्रेललाई फोनमै तेरी बुढी भोलि अपहरणमा पर्दैछ भनेका थिए ।
उनले श्रीमति अपहरण गर्ने दिएको धम्की र प्रयोग गरेको शब्दले श्रीमतिका साथै परिवार नै असुरक्षित महसुस गरेकाले आउने दिनमा जस्तो सुकै घटना हुन सक्ने जनाउँदै शान्ति सुरक्षाको माग राखि निवेदन दिएका हुन् । पटक पटक को बोलेको भनि प्रश्न गर्दा तेरी बुढीको पोइ भनेको र उक्त टेलिफोनबाट दुई पटक तरी बेढी भोलि अपहरण पर्दैछ भन्ने शब्द बोलेकाले उनले प्रशाासन कार्यालयमा उजुरी दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले तत्कालै जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्र लेखेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले इलाका प्रहरी कार्यालय इटहरीलाई पत्र लेखि मेयर चौधरी र पोख्रेललाई झिकाई छलफल गराउन निर्देशन दिएको छ । छलफलमा कुरा नमिले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय पठाउन इलाका प्रहरी कार्यालय इटहरीलाई पठाएको पत्रमा भनिएको छ ।
केही हप्ता अगाडी इटहरीका मेयर चौधरीका नाममा बिभिन्न घटना जोडिएका बेला इटहरी वडा नम्बर ५ बस्ते एक महिलाको घरमा रातको समयमा बसेर मेयर चौधरीले बयिर र कुखुराको मासु खाएको बिषयमा पत्रकार पोख्रेलले फेसबुकमा स्टाटस लेखेका थिए । फेसबुकमा उनले मेयरसंग विवादमा जोडिएकी महिलाको घर र उनको समेत फोटो राखेर स्टाटस लेखेका थिए । स्थानीय बासिन्दाको भनाईलाई आधार मानेर स्टाटस लेखेको पोख्रेलले बताएका छन् । ति महिलाको घरको र उनको फोटो हाल्नु गल्ती भएकाले केही बेरमै हटाएको उनले बताए । पोख्रेलले भने –‘मैले गल्ती नै गरेपनि कानूनी बाटो थियो नि । अनि मेयर जस्तो मान्छेले राती फोन गरेर को बोल्नु भएको भन्दा पटक पटक तेरी बुढीको पोइ भन्नु अनि अपहरणमा पर्दैछ भन्नु कहाँसम्मको हर्कत हो । मेयरको यस्तो भनाईबाट उनको चरित्र थप उदाङ्गिएको छ ।’ मेयरसंग जोडेर विवाद तानिएकी महिलाले आफु अन्यायमा परेको जनाउँदै यसअघि मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरमा उजुरी दिएकी छन् । 
पोख्रेलले मेयर चौधरीको अराजकता थामि नसक्नुगरि बढेको र नगरपिता जस्तो गरिमामय पदमा बसेर राती फोन गरेर श्रीमति अपहरण गर्नेसम्मको धम्की दिनु गुण्डागर्दीको पराकाष्टा भएकाले न्यायका लागि अदालतसम्म जाने बताए । त्यसका लागि आइतवार नै वकिलहरुसँग परामर्श लिएको उनले बताए । लकडाउन खुकुलो हुनसाथ मेयर चौधरीको हर्कत विरुद्ध कानूनी उपचारका लागि जिल्ला अदालतमा समेत मुद्धा दर्ता गर्ने बताए ।
यसअघि मेयर चौधरीले नेकपाकै नेता रामप्रसाद चौलागाईपनि अपहरणको धम्की दिएका थिए । पत्रकार विराट अनुपको नाकको डाँडी भाँच्न १ करोड छुटएको धम्की दिएका थिए । त्यसपछि उनले लविपुरको एक कार्यक्रममा आम महिलाहरुलाई गम्भिर आरोप लगाउँदै सार्वजनिक रुपमै र........जिन्दावाद भनेका थिए । उनले भ्रष्टाचार गरेको भन्दै कर्मचारी मनोज दाहालाई कुटेका थिए । १२ जना भ्रष्टाचारी कर्मचारी निकाल्ने भन्दै मिडियाबाजी गरेका उनले बर्षौदेखि करारमा रहेका निमुखा १२ कर्मचारीलाई निकालेका थिए ।
लकडाउनकै बेला उनले कोरोना संक्रमणबाट नगरवासीलाई जोगाउन र क्वारेन्टाईन निर्माण देखि लिएर राहत कार्यक्रमका बिषयमा स्थानीय एरिना टेलिभिजनको लाइभ कार्यक्रममा प्रश्न गर्दा मु.......जस्ता अबशब्द प्रयोग गरि त्यहाँका संचारकर्मीलाई गाली गलौच गरेका थिए ।