सङ्खुवासभाः जिल्लाको सदरमुकाम खाँदबारीमा भइरहेको लकडाउन प्रति सर्वसाधरणले गुनासो गरेका छन् । खाँदबारीमा अत्यावश्यक कामकाजका लागि हिडडुल गर्ने सर्वसाधरणलाई प्रहरीले घण्टौ बाटोमा उभ्याउदा उनिहरुले गुनासो गरेका हुन् ।
सरकारको लकडाउन प्रतिको धारणा परिर्वतन भएर निर्णय भए पनि स्थानिय प्रशासन भने पुरानै शैलि अपनाइ रहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त निर्णयको निर्णय नं ४ मा औषधी, स्वास्थ्य सामाग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यबस्तु लगायत कृषि तथा पशुपन्छिजन्य वस्तुको विक्रीवितरण, ढुवानी सेवा सम्बन्धिका कामहरु, पाठयपुस्तक पसल, विकास आयोजना सम्बन्धिका कामहरु, सार्वजनिक सेवा सम्बन्धिका कामहरु, औद्योगिक उत्पादन सम्बन्धि कामहरु, व्यवस्थापकिय कार्यसम्बन्धि लगायतका कामहरुमा सामाजिक दुरि कायम गरि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यहि निर्णयलाई आधार मान्दै सर्वसारधरणहरु बजार निस्किएका हुन् । तर सर्वसारधण बजार आउनासाथ प्रहरीले घण्टौ चोकमा उभ्याएर प्रशिक्षण दिने गरेको प्रति स्थानियहरुले गुनासो गरेका छन् ।
जिल्लामा भइरहेको लकडाउनको अवस्था र स्थानिय प्रशासनको पुरानो शैलिको बारेमा सामाजिक सञ्जालमा सर्वसारधण सहित राजनितिक दल पत्रकार लगायतले गुनासो गर्न थालेका छन् । यहि सन्र्दभमा कान्तिपुर टेलिभिजनका उपसम्पादक दिपेन्द्र शाक्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट पोष्ट गरे । त्यसमा थुप्रै सर्वसाधरण सहितले कमेन्ट गरेर दुखेसो पोख्दै स्टाटसमा सहि थपेका छन् ।
शाक्यले खाँदबारीको लकडाउनको अवस्था यस्तो भनेर विश्लेषण गरेका छन् । उनले लेखेका छन्, विकास निमार्णको काम गर्न खुल्ला हुने तर सोझा जनताको बिहान बेलुका हातमुख जोड्ने सानो पसल खोल्न नपाइने, ठुला ठुला रड सिमेन्टको पसल खोल्न पाइने तर एउटा सानो पुँजि भएको पान दोकान खोल्न नपाइने, ठुलाबडाको गाडी जतिबेला पनि गुड्न कसैले छेकवार नगर्ने तर सोझा जनताले अति आवश्यक काममा पनि कुदाउन नपाउने भन्दै आलोचना गरेका छन् । त्यसमा सर्वसाधरण मनोज गौतमले जनतालाई सास्ती, नेतालाई मस्ती भन्दै कमेन्ट गरेका छन् । त्यस्तै सर्वसारधण राजेन्द्र थापाले लेखेका छन्, राज्ये दमनकारी भयो, समन्वयकारी भएन । रामकृष्ण घिमिरेले कमेन्टमा सहि कुराको उठान गर्नुभयो, यो देशनै गरिबमारा भैसको भनेर लेखेका छन् ।
खाँदबारीका सर्वसारधणले औषधि किनेर, बैकको काम गरेर, खाद्यान्न किनेर फर्कदा समेत घण्टौ प्रहरीको प्रशिक्षणमा उभिनु पर्ने स्थानिय सन्दिप कार्कीले बताए । उनले भने म बैकमा पैसा जम्मा गर्न आएको थिए तर एक घण्टा घाममा चोकमा उभिन परो ।
स्थानियहरुले भनेका छन बिनाकाम डुल्नेलाई उभ्याउनु ठिकै हो तर अत्यावश्यक कामका लागि बजार पुगेका सर्वसाधरणलाई उभ्याउनु प्रशासनको गल्ती हो । जिल्ला अस्पतालमा गर्भवतीले आफ्नो स्वास्थ्य चेकअप गराएर घर फर्कदा समेत प्रहरीले चोकमा उभ्याएको एक स्थानियले बताए । उनले अत्यावश्यक कामका लागि खाँदबारी बजार आएका महिला, बालबालिका र वृद्द नागरिकहरुलाई समेत चोकमा उभ्याएर सास्ती भोगाएको गुनासो गरे ।
सदरमुकाम खादबारी आसपासमा भारतिय नम्बर प्लेटका गाडि निर्वाध रुपमा कुदिरहदा प्रशासनले हेरेर मात्रै बसेको तर सर्वसारधण अत्यावश्यक काममा हिड्दा प्रहरीले उभ्याउने गरेको स्थानियहरुले गुनासो गरेका छन् । प्रशासनले सर्वसारधरणको पिर मार्का नबुझेको भन्दै स्थानियले आक्रोस पोख्न थालेका छन् । सार्वसारधणहरुले रोग हामिलाई पनि लाग्छ स्वभाविक हो तर विनाकाम कोहि पनि बजार डुल्न गएको हुदैन, त्यतिको कुरा प्रहरी प्रशासनले बुझ्नु पर्छ भन्दै आक्रोस व्यतm गर्न थालेका छन् ।