संखुवासभाः छिमेकी मुलुक भारतले दार्चुला जिल्लाको तावाघाट, लिपुलेक हुँदै मानसरोवरतर्पm जाने बाटो निर्माण गरि शिलान्यास गरेकोमा संखुवासभाका युवा तथा विद्यार्थीहरुले सरकारको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
युवा विद्यार्थीहरुले बुझाएको ज्ञापन पत्रमा भारतले दार्चुला जिल्लाको तावाघाट, लिपुलेक हुँदै मानसरोवरतर्पm जान व्यास गाँउपालिका १ गुञ्जी देखी लिपुलेक सम्मको भुभाग मिचेर २२ किलोमिटर लामो बाटो निर्माण गरि शिलान्यास गरेको प्रति आक्रोश व्यक्त गर्दै तत्काल कुटनीतिक पहल कदमीबाट यो कदम रोक्न–रोकाउन सरकारसँग माग गरेको उल्लेख छ ।
देशको सिमाना छिमेकी देशबाट दर्जनौ ठाँउमा मिचिएको तथ्यहरु सार्वजनिक भईरहेको बेला सरकार चुपचाप बसेर रमिता हेरिरहेको युवा विद्यार्थीहरुले आरोप लगाएका छन् । युवा विद्यार्थीहरुले सिमानामा सुरक्षा फौज राख्न, काँडेतार लगाई घेरावार गर्न, सिमा सम्बन्धि दिर्घकालीन समस्या हल गर्नका लागि उच्च तहबाट निर्णायक पहल लिन सरकासँग अनुरोध गरेका छन् ।
विश्व मानव जगत कोरोना भाईसरद्धारा आक्रान्त भएको समय छोपेर इतिहासको तथ्य तथा प्रमाणहरुलाई समेत कुल्चदै भारतले असल छिमेकीको सम्बन्धमा प्रश्न उठाएको आरोप लगाएको छ ।
युवा संघ र अनेरास्ववियुका जिल्ला संयोजक तथा सहसंयोजकहरुद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भारतीय पक्षबाट नेपाली भुमी अतिक्रमण गरि बनाईएको सडक सञ्चालन रोक्नको लागि कुटनीतिक कदम चाल्न समेत जोडदार माग गरेको छ ।
नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियू संखुवासभाले प्रमुख जिल्ला अधिकारी मार्फत परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।