इटहरी: भारतले नेपाली भुभाग अतिक्रमण गरेको बिरोधमा नेविसंघले इटहरीमा प्रधानमन्त्री केपी र्शमा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्रको पुत्ला दहन गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सुनसरीले इटहरीमा प्रर्दशन गरेको हो । भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएपछि आक्रोशित हुँदै आएको नेविसंघले दुई देशका प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

 

 भिडियो श्रोत: दिवस पोख्रेल

नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने नेविसंघले चेतावनी पनि दिँदै आएको छ । भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने नेविसंघका सुनसरी सभापति भट्टराईले बताए । केन्द्रिय निर्देशन अनुसार आन्दोलनको कार्यक्रम भईरहेको उनको भनाई थियो ।
विरोध कार्यक्रममा नेविसंघ सुनसरीका उपसभापतिहरु विक्रम घिमिरे,सुवेक्छु देवान,बुद्धहाङ लिम्बु लगायतको सहभागीतामा पुत्ला दहन भएको थियो ।

nebisang 2