इटहरी: देशमा लामो समय देखि लकडाउनमा गुज्रिरहेको तपाई हामीलाई जानकारी नै छ ।

यस्तो बिषम परिस्थितिमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको दैनिकि दिनदिनै जटिल भईरहेको छ । त्यसमा पनि बिभिन्न जिल्लाबाट सुविधा सम्पन्न शहरमा आएर काम गर्ने मजदुर, बिभिन्न स्कुल तथा क्याम्पसमा पढ्नेको दैनिकि पनि उस्तै छ । यस्तै समस्यालाई बुझेर केही समय देखि भोजपुर घर भएका सानु तिवारीले दुखेको चोटमा मलम लगाई रहेका छन् ।

उक्त समस्यालाई मध्यनजर गर्दै भोजपुर घर भई विभिन्न कामको शिलशिलामा धरान, इटहरी र मोरङमा अस्थायी बसोबास गर्दै आएका भोजपुर जिल्लावासीहरुलार्ई तिवारीले आफ्नै खर्चमा खाद्यान्न वितरण गर्दै आएका छन् । विभिन्न ठाउँमा राहत वितरण गर्दै आएको र आज पनि इटहरीको भेटघाट चोकमा रहेका ८४ घर परिवारलाई वितरण गरिएको तिवारीले जानकारी दिए । उनीहरुले एक परिवार बापत् ३० केजी चामल, ३ केजी दाल, एक केजी नुन र एक लिटर तेल बितरण गरिदैं आएको तिवारीको भनाई छ ।

उनले केही हप्ता अघि देखि आफ्नै लागतमा सयौं परिवारलाई राहत बितरण गरिसकेका छन् । 

rahat korona bhojpur 2 rahat korona bhojpur 3