इटहरीः नेपाल थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौं चन्द्रागिरी निवासी ३२ बर्षीय पुरुष र कपिल बस्तु निवासी ६ बर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौंका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनिहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको बताइएको छ । योसंगै नेपालमा कोरोना संक्रमण हुनेहरुको संख्या २ सय ४५ पुगेको छ ।