इटहरीः शनिवारबाट लागू हुने गरि जिल्ला भित्र सवारी कुदाउन जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सबै पास रद्द गर्ने निर्णय गृहमन्त्रालयले गरेको छ ।
बिहिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । गृहका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला भित्र गाडी चलाउन पाउने गरी यसअघि जारी भएका सबै पास रद्द गरिएको बताए ।
यसअि जिल्ला बाहिर जाने पास आजदेखि लागू हुने गरि रद्द भइसकेका छन । अधिकारले भने, ‘अब यही शनिबारदेखि लागू हुने गरी जिल्ला भित्र पनि गाडी चलाउने गरी जारी गरिएका सबै पास रद्द गर्ने निर्णय भएको छ।’ अधिकारीले यो निर्णय राजधानी उपत्यकासहित देशका सबै जिल्लामा लागू हुने जानकारी दिए। यसअघि जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न मितिमा पास जारी गरेका थिए ।