धनकुटाः १३ बर्षीया दलित बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा धनुकटाका एक शिक्षक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले धनकुटा गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारीसहित चार जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  शिक्षक मदनलाई शनिबार पक्राउ गरिएको थियो भने अन्यलाई शुक्रबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो ।

शिक्षकचाहिँ फरार रहेका थिए बालिकाका आफन्तले किटानी जाहेरी दिएका आधारमा शिक्षक सहित चार जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदर्शन कोइरालाले बताए । फरार रहेका शिक्षक अधिकारी शनिबार अपरान्ह करिब ३ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । एसपी कोइरालाका अनुसार गर्भवती बालिकाको मेडिकल टेष्ट गरिएको र  रिपोर्ट आउन बाँकी छ । रिर्पोट आएपछि आवश्यक कानूनी प्रकृया अगाडी बढाईने छ । 

धनकुटा आत्माराकी ती बालिकामाथि उनीहरूले लामो समयदेखि यौन शोषण गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको कोइरालाले बताए । ती बालिकाको पेट बढ्दै गएको देखिएपछि परिवारले केरकार गर्दा आफूमाथि ललाईफकाई बलात्कार गरेको बताएपछि परिवारका सदस्य र छिमेकीहरुले बलात्कार बारे थाहा पाएका थिए । छिमेकीहरुको सहयोगमा बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय धनकुटामा चार जना विरुद्ध बिहिबार किटानी जाहेरी दर्ता गराएका थिए ।  सुरुमा बालिकाको परिवारलाई ३ लाखका दरले पैसा दिएर घटना गुपचुप राख्ने प्रयास गरिएको थियो । ती बालिकाको जन्मदिने आमा उनि सानै हुँदा वितेकी थिइन् । बुबाले कान्छी आमा ल्याएपछि पढाई छोडेर उनि बाख्रा गोठाला गर्दै आएकी थिइन् । उनलाई बालबालिका पुर्न स्थापना केन्द्रमा राखेर उपचार समेत गराईरहेको प्रहरीले जनाएको छ ।