इटहरीः सुनसरीको भारतीय सीमा नाकाबाट लुकी छिपी आएर झाँडीमा लुकेर बसेका १५ भारतीय स्थानीयले फेला पारेका छन् ।
हरिपुर स्थित नेपाली सेनाको व्यारेक उत्तरतर्फको झाँडीमा घाँस काट्न आज बिहान गएका स्थानीयले उनिहरुलाई फेला नागरिकलाई स्थानीयले सप्तकोशी नदी नजिकैको झाडीबाट १५ जनालाई फेला पारेका हुन् ।
साईकलमा आएका उनिहरुलाई स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । हाल उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनिहरुले आफुहरुलाई एक एजेन्टले पैसा दिएर मजदुरीका लागि नेपाल प्रवेश गराई झाँडीमा लुकाएर राखेको प्रारम्भिक बयान दिएका छन् ।
प्रदेश सरकार र स्थानीय प्रशासनले सीमा नाका कडाई गरेको जनाएपनि उनिहरु साईलमै रातको समयमा सीमा क्षेत्रमा तैनाथ भएका नेपाली सुरक्षाकर्मीहरुलाई झुक्याएर सुनसरी प्रवेश गरेको बुझिएको इनरुवाका संचारकर्मी राजेन्द्र पोख्रेलले जानकारी दिएका छन् ।
प्रहरी नियन्त्रणमा रहेका उनिहरुलाई सुनसरीको दक्षिणवर्ती क्षेत्रमा स्थानीय प्रशासनले निर्माण गरेको होल्डिङ क्षेत्रमा राखिने बताइएको छ । सुनसरको नरसिंहको जनता मावि र श्रीपुरको मदरसामा स्थानीय प्रशासनले होल्डिङ क्षेत्र निर्माण गरेको छ । जहाँ हाल ५९ जना बसिरहेका छन् । दिउँसो र रातको समयमा भारतीय सीमा क्षेत्रबाट ठूलो संख्यामा दैनिक जसो मकैबारी र झाँडीबाट भारतीय तथा नेपाली नागरिकहरु सुनसरी प्रवेश गरिरहेको स्थानीयले बताएका छन् । जसकारण स्थानीयहरु फलेको मकै भाँच्न र घाँस काट्न जान नै छाडेको स्थानीयले जानकारी दिएका छन् । सीमा क्षेत्रमा प्रहरी प्रशासनले भने जस्तो कडाई नगर्दा मानिस मात्र नभई अवैध रुपमा समानहरुको तस्करीपनि बढीरहेको स्थानीयको भनाई छ ।