इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार निवासी औषधी ब्यवसायी देवीप्रसाद दुलालले हत्या हुनु ११ दिनअघि आफ्नो ज्यान श्रीमतिबाटै असुरक्षित भएको जनाउ दिदै आफ्नो फेसबुकमा स्टाटस नै लेखेको फेला परेको छ ।

उनले आफ्नो फेसबुकमा लेखेको सो स्टाटसले प्रहरीलाई हत्यामा संलग्न भएकाहरुको नजिक पुग्न सहज भएको छ । उनले श्रीमतिको चालमाल ठिक नभएको बुझिपछि पटक पटक सम्झाएको पारिवारिक श्रोतले बताएको छ । सम्झाउदा पनि उनको चालमालमा सुधार नआएको उल्टै श्रीमान् देवीप्रसादलाई नानाथरीका कुरा गर्दै तनाव दिने काम गर्दै आएकी थिइन् ।

उनको औषधीकै डिलरमा काम गर्ने कामदारहरुसंगको हिमचिमका बिषयमा श्रीमतिसंग पटक पटक झगडा समेत हुँदै आएको छिमेकीहरुले बताएका छन् । श्रीमतिको खराब व्यवहारका कारण आजित भएका दुलालले ११ दिनअघि फेसबुकमा कोरोनासंग लड्ने हो, डराउने होइन् । श्रीमतिसित डराउने हो लड्ने होइन । किन भने अहिलेसम्म दुइवटाकै औषधी आएको छैन् । जनहितमा जारी सामाजिक सन्देश । शुभ दिन भनेर स्टाटस औषधी व्यवसायी दुलालले लेखेर हालेका थिए । उनले यस्तो स्टाटस लेखेको ठिक ११ दिनपछि श्रीमतिकै योजानमा उनको हत्या भएको हो । दुलाल र हत्याकी योजनाकार श्रीमति मिना श्रेष्ठ दुलाल पाँचथरमा रहँदा ओल्लो घर पल्लो घरमा हुन् ।

सानै देखिसंगै खेल्ने पढ्ने भएकाले उनिहरु बीच प्रेम बस्न गएपछि विवाह गरेका थिए । माओवादीको जनयुद्धकालमा देवीका भाई माओवादी लागेपछि व्यवसाय गरेर बसेका उनका बुबा सहित स परिवार ०५८ सालमा इटहरी १२ खनार बसाई आएका थिए । बुबासमेत व्यापारमा पाँचथरमा कहलिएका भएकाले देवीले पनि विराटनगरमा औषधीको होलसेल पसल थालेका थिए । ८ बर्षको एक छोरा समेत रहेका उनी व्यवसाय राम्रो चल्न थालेपछि विराटनगर नै पसलसंगै जोडिएको घरमा डेरा गरि बस्दै आएको नाताले भाई पर्ने आशिष दुलालले बताए ।

औषधीको डिलरकै रुपमा पसलको कारोवार बढेपछि उनले एक बर्षअघि सिराहका ब्रम्महदेव साहलाई कर्मचारीका रुपमा पसलमा राखेका थिए । औषधीको भुक्तानी लिन पूर्वका बिभिन्न बजारमा समेत दुलाल जाने गरेका थिए । बाहिर जाँदा उनले श्रीमति र तिनै साहको भरमा पसल जिम्ममा लगाउने गरेका थिए । छिमेकी र अन्यबाट श्रीमति र पसलमा का मगर्ने साह बीचको गतिविधि ठिक नभएको चाल पाएका दुलालले एक बर्षपछि साहलाई कामबाट निकालेका थिए ।

साहलाई निकालेको बिषयमा पनि श्रीमतिले दुलालसंग झगडा गरेकी थिइन् । उनलाई निकालेपछि दुलालको श्रीमतिसंग दैनिक जसो झगडा हुँदै आएको थियो । साहलाई निकालेको करिब ६ महिना जति भएको थियो । श्रीमति मीनाको योजना अनुसार हल्लाका पाटी खुवाएको र राती ११ बजेको समयमा विराटनगरमै रहेका साहलाई बोलाएर हत्या गरेको खुलेको भाई आशिषले बताए । देवीप्रसाद दुलाल परिवारका एकदमै इमान्दार मिजासिला जेष्ठ सुपुत्र थिए । उनि आफ्नो व्यवसाय बाहेक दायाँ बायाँ केही जान्दैन थिए । उनका बुबा रामप्रसाद दुलाल दुलाल बन्धु समाजका केन्द्रिय अध्यक्ष समेत थिए ।

उनले अध्यक्ष भएपछि धेरै मेहनत गरि दुलालहरुको बंशावली पुस्तक लेखेका थिए । उनलाई केन्द्रिय सदस्य समेत रहेका सुन्दरहरैंचाका रविलाल दुलालले बंशावली प्रकाशनमा ठूलो सहयोग गरेका थिए । पाँचथरमा करोडौं सम्पति छोडेर आएको पिरले ०७३ भाद्र ५ गते आफ्नै निवासमा आत्महत्या गरेका थिए । ३३ वर्षीय दुलाल आइतबार बिहान शङ्कास्पद अवस्थामा उनकै डेराबाट मृत भेटिएका थिए । उनको हत्यामा संलग्न साह र उनकी श्रीमति मीनालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।