इटहरीः विराटनगरमा औषधी व्यवसाय गर्दै आएका इटहरी १२ खनारका देवीप्रसाद दुलालको हत्या नै भएको निशकर्ष निकाल्दै मोरगं प्रहरीले हत्यामा संलग्न उनकी श्रीमति सहित ३ जनालाई केही बेरअघि सार्वजनिक गरेको छ । अनलाइन पत्रकार सम्मेलन गरि प्रहरीले उनिहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले दुलालको हत्यामा संलग्न योजनाकार श्रीमति मीना श्रेष्ठ दुलाल, उनको फार्मेशीबाट ५ महिना अघि निकालिएका ब्रम्महदेव साह र उनका भाई इटहरी १२ खनारका सोनु साहलाई सार्वजनिक गरेको हो ।
श्रीमति र ब्रम्महदेव साहको डेढ महिनाअघिबाट बनेको योजना अनुसार देवीको हत्या भएको प्रहरीले जनाएको छ । सोनुलाई आज मात्र प्रहरीले पक्राउ गरेको हो ।
सधैझै देवीप्रसादले आफ्ना केह ीऔषधी व्यवसायीहरुसंग बसेर मदिरा र खाजा खाएका थिए । उनि प्राय जसो सधै बेलुका भएपछि साथीभाई बोलाएर खाजापानी खाने गरेका थिए । यो कुरा सबै इमो च्याटबाट श्रीमति मीनाले ४ बर्षसंगै काम गरेका ब्रम्महदेवलाई जानकारी दिने गरेकी थिइन् । ब्रम्महदेव उनको पसलमा काम गरेको केही समयपछि देवीप्रसाद र मीना बीच खटपट शुरु भएको थियो ।

hatya-news
मीनाले आफुलाई श्रीमान्ले सधै शंकाको नजरले हेर्ने गरेको, नानाथरी भन्ने गरेको र कुटपिट समेत गर्ने गरेको भन्दै आफु पिडित भएको भन्दै ब्रम्मदेवलाई भन्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । श्रीमति मीनाले पछिल्लो पटक केही समयदेखि श्रीमान्लाई सबक सिकाउने भन्दै ब्रम्महदेवसंग श्रीमान्कै सामु खुलेर कुराकानी शुरु गरेकी थिइन् । सो कुरा देवीप्रसादलाई मन परेको थिएन् । सोही बिषयमा उनिहरु बीच झगडा मात्रै नभई कुटाकुट्ने हुने गरेको थियो ।
हत्या भएको दिन साँझ ७ बजेसम्म देवीप्रसादले केही नजिकका व्यवसायीसंग घरमै मदिरासंग खाजा खाएका थिए । मदिराले मातेपछि उनिसंगै खाज खानेहरु आ आफ्ना घरतर्फ लागेका थिए । त्यसपछि श्रीमति मीनाले ब्रम्महदेवलाई फोन गरेर घर बोलाएकी थिइन् । ब्रम्महदेव मोटारसाईकलमा सोनुलाई लिएर रातको करिब १० बजे मीना बसेको घर आएका थिए । ब्रम्महदेव आएको चालपाएकी उनले आफै घरको ढोका खोलेकी थिइन् । उनले श्रीमान् अझै सुति नसकेकाले सारासर घरको छतमाथि जान भनेकी थिइन् । सोही अनुसार ब्रम्महदेव र सोनु छतमा गएका थिए । श्रीमान् र श्रीमति अलग अलग खाटमा केही समयदेखि सुत्ने गरेका थिए । ८ बर्षका छोरा नुतन भने अर्को कोठामा सुत्ने गरेका थिए ।
देवीप्रसाद मदिराले लठ्ठ भई निदाएपछि मीनाले घरको छतमा रहेका ब्रम्महदेवलाई बोलाएकी थिइन् । त्यसपछि ब्रम्महदेवले देवीप्रसाद सुतेको खाटमा गई नाइलनको डोलीले घाँटी थिचेका थिए । त्यसपछि बिउझिएका देवीप्रसादले प्रतिकार गरेका थिए । उनले प्रतिकार गर्दा सोनुले खुट्टा समाउने काम गरेका थिए । प्रतिकारका क्रममा डोरी समेत चुट्टिएको थियो । त्यसपछि हातले घाँटी थिचेका थिए । दुलालले प्रतिकार गर्दा झ्यालमा ठोकिएर चोट समेत लागेको थियो ।

aaaaa11
देवीप्रसादको मृत्युभएपछि ब्रम्महदेव र सोनुले जीउँदै छ कि भनेर लात्ती र हातले हिर्काका थिए । यी सबै घटना संगै बसेर उनिहरुलाई आवश्यक पर्ने समाग्री दिएर टुलुटुल हेरी श्रीमति मीना बसेकी थिइन् । ११ बजे राती भित्रमा देवीप्रसाद हत्या गरिसकेका थिए । घाँटीमा डोरीको डाम देखिएपछि पोण्डस् पाउडर दल्ने काम श्रीमतिले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्नहरुले सर्जिकल पन्जा हातमा प्रयोग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरगंका प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए ।
देवीप्रसादको हत्यापछि रातको २ बजेसम्म श्रीमति मीना सहित ३ जना सोही कोठामा बसेका थिए । त्यसपछि योजना अनुसार नै ब्रम्महदेव र सोनु आफ्नो कोठा तर्फ मोटरसाईकलमा लागेका थिए ।उनिहरु घटना स्थलबाट निस्कन साथ मीनाले साँझ देवी प्रसादसंग बसेर मदिरा र खाजा आएका साथीहरु मध्येका एकलाई फोन गरेर श्रीमानलाई कोठामा सिरियस बिरामी भएको र शरिर समेत चिसो भएको भेटेको भन्दै चाँडो आउन भन्दै फोन गरेकी थिइन् ।
फोन आउँन साथ ती देवीप्रसादका साथी एम्बुलेन्स लिएरै घटनास्थल आएका थिए ।उनैले देवीप्रसादलाई लिएर अस्पतालतर्फ गएका थिए । मीना भने केही समय ढिला छिमेकीको मोटरसाईकलमा अस्पताल पुगेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।
घटना स्थलबाट प्रहरीले ४ थान मोबाईल, देवीप्रसादले प्रतिकार गर्दा घाँटीमा लगाएको सिक्री दुई टुक्रा भएको अवस्थामा प्रहरीले बरामद गरेको छ । पोण्डस् पाउडर , सर्जिकल पन्जा, सिरकको खोल लगायतका सामाग्री पनि बरामद गरेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।
देवीप्रसादको हत्यामा संलग्न ब्रम्महदेवका भाई पर्ने सोनु भारतमा इन्जिनियर अध्ययन गर्दै आएका विद्यार्थी हुन् । उनि लकडाउन हुनुअघि इटहरी १२ खनार आएका थिए। देवीप्रसाद मीना बीच सानैबाट चिनजान भएको संगै पढेकालेसंगै पेपर म्यारिजगरि डेनमार्ग समेत गएको र पछि उत्तै प्रेम विवाह गरि बसेका थिए । १० बर्षअघि प्रेम विवाह गरेका उनिहरु डेनमार्कबाट आएपछि बिराटनगरमा बसेर औषधी व्यवसाय गर्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।

ghar-2-1170x700