इटहरीः मानिस अन्धोप्रेममा परेपछि कतिसम्म निर्दयी हुन्छ भन्ने कुराको दुई दिनअघि इटहरी १२ खनार स्थायी घर भएका औषधी व्यवसायी देवीप्रसाद दुलालको आफ्नै श्रीमतिको योजनामा हत्या भएको घटनाले पुष्टि गरेको छ । आफ्नै श्रीमान्ले संचालन गरेको औषधी होलसेल पसलमा ४ बर्षसम्म काम गरेको सिरहाका ब्रम्महदेव साहसंग अन्धो प्रेममा परेकी श्रीमति मीना श्रेष्ठ दुलाल सहितको डेढ महिनाअघिको योजना अनुसार निर्मम तरिकाले देवीप्रसादको हत्या गरियो ।
मदिराले मातेपछि हत्या गर्न सजिलो हुन्छ भन्ने कुरा बुझेरै रातको समयमा मीनाले प्रेमी साहलाई मोबाईलमा फोन गरेर घर बोलाएकी थिइन् । मोटरसाईकल चढेर अर्का एक नाताले भाई पर्ने सोनु साह लिएर आएका ब्रम्महदेवलाई ढोका श्रीमति मीनाले खोलिदिएकी थिइन् ।
श्रीमान् मज्जाले निदाई नसकेको जनाउँदै घरको छततर्फ केही बेर बस्न लगाएकी उनले श्रीमान् निदाएपछि इसाराले ब्रम्महदेवलाई बोलाएकी थिइन् । ब्रम्महदेवले श्रीमान् देवीप्रसाद निदाएको कोठा प्रवेश गर्नसाथ प्लाष्टिकको डोरीले घाँटी थिचेका थिए । देवीप्रसाद विउजिएर प्रतिकारमा उत्रिएका थिए । सो क्रममा डोरी चुट्टीएको थियो । यी सबै घटनाबाट मन नपग्लिएकी श्रीमति मीनाले अर्को डोरी दिने शरिर थिच्ने काम गरेकी थिइन् । ब्रम्महदेवसंगै आएका सोनुले देवीप्रसादको खुट्टा थिच्ने काम गरेका थिए ।
घटनाको प्रकृति हेर्दा देवीप्रसाद बाँच्न र हल्ला गर्न निकै ठूलो प्रयास गरेको देखिएको अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । प्रतिकारकै क्रममा उनको घाँटीमा लगाएको सुनको सिक्री दुई टुक्रा हुनुले पनि सो कुराको पुष्टि गरेको प्रहरीको भनाई छ । आवाज निस्कने डरले देवीप्रसादको मुखमा कपडाले थुनेको कोठाबाट प्रहरीले बरामद गरेको कपडाबाट प्रमाणीत भएको छ । निकै समय देवीप्रसादले आफ्नो ज्यान बचाउन संघर्ष गरेको देखिएको प्रहरीले जनाएको छ । यतिका गतिविधि हुँदा ढुंगाको मन भएकी निर्दयी श्रीमति मीनाको एकरत्ति पनि मन नपग्लिएको प्रहरीले जनाएको छ । मीना यत्तिसम्म निर्दयी हुनुमा उनको ब्रम्महदेव साहसंगको अन्धोप्रेमको पराकाष्टा बाहेक अरु केही नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ ।
४ बर्षसम्म आफ्नै औषधी पसलमा काम गर्ने ब्रम्महदेवसंग नचाहिदो सम्बन्ध मात्र नभई श्रीमान्ले आफुमाथि गरेका सबै क्रियाकलाप तत्कालै इमो लगायतका समाजिक सञ्जालबाट तत्कालै ब्रम्महदेवलाई सुनाईहाल्नु र पछिल्लो समय श्रीमान्लाई सबक सिकाउन भन्दै ब्रम्महदेवसंग नजिक भएर कुराकानी गर्नुले उनिहरु बीचको प्रेमसम्बन्ध निकै झाँगिएको निश्कर्ष नजिक प्रहरी पुगेको छ । यद्यपी अनुसन्धान पुरा नभएको प्रहरीको भनाई छ । प्रहरीले अनुसन्धान पुरा गरेपछि पुनः थप कुराहरु सार्वजनिक गर्ने बताएको छ । प्रहरीले अन्धोप्रेमले पछिल्लो समय नेपालमा अपराध बढ्दै गएको जनाएको छ ।
सानै उमेरबाट एउटै गाँउमा हुर्किएका सगै पढेका र पेपर म्यारिज गरि डेनमार्कसम्म पुगेर दुःख गरेका देवीप्रसाद र मीनाले उत्तै प्रेम विवाह गरेका थिए । डेनमार्कबाट आएपछि विराटनगरमा औषधी व्यवसाय थालेका उनिहरुले व्यापारको लोडकम गर्न सल्लाहामै ब्रम्महदेवलाई ४ बर्षअघि कर्मचारीका रुपमा राखेका थिए । तर, ब्रम्महदेवले औषधीको व्यापारसंगै मीनासंग प्रेम समेत गरेको छिमेकीहरुको भनाई छ । पछिल्लो समय उनिहरु बीचको प्रेम झाग्दिै गएको धेरै प्रमाणहरु फेला पारेपछि देवीप्रसादले ६ महिनाअघि ब्रम्महदेवलाई पसलबाट निकालेका थिए । यो कुराले देवीप्रसाद र मीना बीच अलग अलग खाटमा सुत्ने अवस्थासम्म पुर्याएको थियो । उनिहरु अलग अलग खाटमा सुत्नुले पनि मीना ब्रम्महदेवसंग अन्धोप्रेममा लिप्त भईसकेको प्रमाणित भएको दुलालका आफन्तहरुको भनाई छ ।
श्रीमान् श्रीमतिको सम्बन्ध जस्तो नजिकको अरु कसको हुन्छ र ? तर, मानिसहरु अन्धोप्रेममा परेपछि कत्तिसम्म निर्दयी र अपराधिक मानसिकताले ग्रस्त हुँदा रहेछन भन्ने आफ्ना दाईको हत्या प्रकरणले देखाएको भाई आशिष दुलालको भनाई छ । यस्ता घटनाले श्रीमान् श्रीमतिको जस्तो मजबुद सम्बन्धमाथि पनि अनेक खालका शंका उपशंका गर्ने अवस्था सृजना भएको उनले बताए ।