धरानः साउदी अरबबाट चार महिनाअघि घर फर्किएका धरानका एक व्यक्तिले नाइलनको इजारमा झुण्डिएर आत्महत्या गरेका छन् । धरान–१४ का ४० बर्षीय जिरबहादुर याक्खाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारबाट फर्किएपछि धरान १४ नयाँ सडक निवासी याक्खाले धरानमै सब्जी व्यापार गर्दै आएका थिए । धरान–४ को खरखरेपाखामा झुण्डिएको अवस्थामा उनलाई आइतबार साँझ घाँस काट्न जानेहरुले फेला पारि प्रहरीलाई खबर गरेका थिए ।
जनवरी २५ तारिखका दिन घर आएका उनि एकदमै शान्त स्वाभावका कम बोल्ने व्यक्तिरहेको उनका छिमेकीहरुले बताएका छन् । छिमेकीका अनुसार घटना हुने दिन उनि श्रीमतिसँग सामान्य विवाद भएको थियो । उनी जेठ ४ गते बिहानैदेखि घरबाट वेपत्ता भएका थिए । वेपत्ता भएपछि केही समय घरपरिवार र छिमेकीले उनलाई खोजेका थिए ।
आइतवार साँझ सो क्षेत्रमा घाँस काट्ने गाँउलेहरुले उनलाई नाइलनको इजारमा झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको वडाध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए ।
घटना आत्महत्या वा हत्या हो भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । शवको पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । पोष्टमार्टमपछि नै रिपोर्ट आउने धरान प्रहरीले जनाएको छ । उनको पत्नीसहित एक छोरा र एक छोरी रहेको वडा अध्यक्ष भट्टराईले बताए ।