विराटनगरः आफ्नै बुबाको हत्या गरि घरभित्रको खाटमुनि गाड्ने दुई दाजु भाईलाइ प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
शव घरमै गाडेको अवस्थमाा प्रहरीले फोला पारेपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
घटनाबारे विहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मोरङ प्रहरीका एसपी विश्व अधिकारीले कोदालो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिएका छन् ।
बुबा विराटनगर १४ का सीताराम चौहानको हत्या आरोपमा पक्राउ पर्नेमा उनकै छोराहरु नागेन्द्र चौहान र रोहित चौहान छन् । प्रहरीका अनुसार शनिबार राति घरायसी विवाद हुँदा छोराले कोदालोले प्रहार गर्दा सीतारामको मृत्यु हुन पुगेको थियो ।
ठेला चालएर जीवन गुर्जादै आएका सीतारामले शनिबार छोराहरुसंग पैसा मागेका थिए । नगेन्द्र र रोहितले भने मजदरी गरिरहेका छन् । शनिबार उनीहरुले ज्याला बापत प्राप्त भएको रु.१८ सय र रु. १६ सय प्राप्त गरेका थिए । बुबाले रकम मागेपछि भने तर पैसा नपाएपछि छोरा रोहितलाई लडाई दिएपछि विवाद बढेको थियो । यही क्रममा कोदालो प्रहार हुँदा उनको मृत्यु हुन पुगेको थियो ।
हत्यापछि सीतारामको शव त्यही खाटमुनि गाडिदिएका थिए । गाडेकै अवस्थामा शव प्रहरीले फेला परेको थियो । दुबै विरुद्ध ज्यान सम्बन्धी अपराधमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।