भाण्टावारीः सुनसरी भाण्टावारीका जनप्रतिनिधि तथा स्थानियहरुले सुनसरी प्रहरीका डिएसपी विनोद शर्माले निर्दोष मानिसलाई फसाएको भन्दै आन्दोलित भएका छन् । कोशी गाँउपालिका ८ स्थित भाण्टावारीबाट मंगलवार साझ ४ः ३० बजे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विनोद शर्मा नेतृत्वको टोलीले पक्राउ गरेका सप्तरी हनुमानगरका कृष भनिने कृष्ण यादवलाई प्रहरी आफैले लागुऔषध र खिया लागेको कटुवा पोस्तोल र गोली उनको सवारीसाधन राखेर फसाएको भन्दै आन्दोलित भएका हुन् । .
कोशी गाँउपालिका ८ भाण्टावारीका वडाअध्यक्ष विन्देश्वर यादवले मंगलवार साझ ४ बजेर ३० मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक विनोद शर्मा नेतृत्वको टोलीले भाण्टावारी बजारबाट सप्तरी घर भएका कृष भनिने कृष्ण यादव र उनका सवारी चालक मिथुन यादवलाई नियन्त्रणमा लिएर प्रहरीको भ्यानमा राखी इनरुवा तर्फ लगेको घटना सुनसरी प्रहरीले मुलुकको कानुनी शासनको विरुद्ध प्रहरी अधिकृतले गुण्डागर्दी शैलीमा निर्दोषलाई फसाउने षडयन्त्र गरेको आरोप लगाएका छन् । .


विहिवार भाण्टावारीको नागरिक समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा वडाअध्यक्ष यादवले भने भारतीय कोशी प्रोजेक्टको निमार्ण कार्यको ठेकेदार समेत रहेका कृष यादवलाई गाली गलौज गर्दै उनीसगै बसेको यसै वडाको म वडाअध्यक्षलाई समेत दुव्र्यवहार गरि भाण्टावारीमा नियन्त्रणमा लिएका मानिसलाई २ किलोमिटर पूर्वको भोक्राहा चौकमा लगेर प्रहरी आफैले चलाएर लगेको कृष यादवको गाडीमा सुनसरी प्रहरीका डिएसपी विनोद शर्माले खिया लागेको कटुवा पेस्तोल र गोलीसहित लागुऔषध समेत आफैले राखेर झुठा अभियोग लगाएको आरोप लगाएका छन् ।

98486205_3248516158493998_232209653126135808_n
वडाअध्यक्ष यादवले भने –‘हामीले सवै प्रमाण संकलन गरेका छौ डिएसपी शर्माले प्रहरी संगठन र वर्दीको आडमा कसरी आफैले लागुऔषधसहित कटुवा पेस्तोल गोली ल्याएर निर्दोष मानिसलाई फसाउने षडयन्त्र गरि थुनामा राखेका भन्ने जानकारी गृह मन्त्रालय, प्रदेश सरकारको आन्तरीम मामला मन्त्रालय, प्रहरी प्रधान कार्यालय, मानवअधिकार आयोग, प्रदेश एक प्रहरी कार्यालय, संद्यिय प्रहरी ईकाइ लगायतमा उजुरी दिएर छानविन समिति गठन गरि सत्य तथ्यका आधारमा उनलाई हदैसम्मको कारवाही गराएरै छाड्छौ ।’
वडाअध्यक्ष यादवले भाण्टावारी चौकमा प्रहरीले कृषको गाडी खान तलासी गर्दा दुई कार्टुन पानी बाहेक केही बरामद नगरेको बताए । प्रहरी आफैले उनको गाडी चलाएर लगेर बाटोमा झोलामा हतियार गोली र लागुऔषध राखेर बनावटी घटना बनाई कृष यादवलाई फसाउने षडयन्त्र गरि थुनामा राख्ने कार्यले प्रत्यक्षदर्शी तथा भाण्टावारी बजारमा कैद भएको सिसि टिभीका फुटेज दृष्यलाई ख्याल नगरी बनावटी घटना बनाउने डिएसपी शर्मालाई कारवाही गराउन समबन्धीत सवै निकायमा जाने उनले बताए .।
नेपाल निमार्ण व्यवसायी संगठन सुनसरीका अध्यक्ष तथा नेकपाका नेता अजय कुसियैतले सुनसरी प्रहरीका डिएसपी विनोद शर्माले प्रहरी संगठनको बदनाम हुने गरि बर्दीको आडमा सयौ मानिसहरुले देखेको सत्यता भन्दा बाहिर गएर आफैले लागुऔषध र हतियार गोली ल्याएर निमार्ण व्यवसायी कृष यादवलाई षडयन्त्र मुलक रुपमा फसाउने कार्य आपत्तीजनक र निन्दनिय भएको बताए .।
कोशी परियोजनाको कामको सिलसिलामा भाण्टावारी बजारमा ट्याक्टर लिन आएका कृषलाई डिएसपी शर्माको नेतृत्वमा प्रहरीको दुई वटा भ्यान लिएर आई हतकडी लगाएर प्रहरीको गाडीमा राखी उनको गाडी भाण्टावारी बजारमा खानतलासी गर्दा दुई कार्टुन पानी बाहेक केही भेटिएको थिएन । .२ किलोमिटर पर लगेर प्रहरी आफैले चलाएर लगेको गाडीमा पेस्तोल गोली र लागुऔषध भेटिनु आश्चर्यजनक भएको कुसियैतले बताए । घटनाको बारेमा निश्पक्षीय रुपमा छानविनका लागि नागरिक समाज, स्थानिय जनप्रतिनिधिहरु, राजनितिक नेतृत्व, व्यपारी, निमार्ण व्यवसायी लगायतमा उजुरी दिने नेपाल निमार्ण व्यवसायी संगठन सुनसरीका अध्यक्ष कुसियैतले बताए .।
भाण्टावारीमा भएको यस घटनाले कोशी परियोजनामा कार्यरत सवै निमार्ण व्यवसायीहरु प्रहरीको वर्दीको आडमा राज्यबाटै हुने गुण्डागर्दी शैलीको षडयन्त्रमुलक घटनाबाट असुरक्षीत भएको कुसियैतले बताए । .

98731894_3248516065160674_3033801324064931840_n
अध्यक्ष कुसियैतले कृष उपर षडयन्त्रमुलक तरिकाले झुठा अभियोगमा फसाउन प्रहरी अधिकारी आफैले प्रहरी संगठन र वर्दीको दुरुपयोग गर्ने यस घटनाबाट नेपाल भारत दुवै तर्फ कोशी परियोजनाको ठेक्का लिएका नेपाली र भारतीय निमार्ण व्यवसायीहरु असुरक्षित महसुस गरि त्रसित भएकाले सरकार सँग सुरक्षाको माग समेत गरेका छन ् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले भने मंगलवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ का कृष भनिने कृष्णकुमार यादवलाई भारतीय नम्बर प्लेटको बीआर ५१ पी १२४१ नम्बरको स्कारपियोमा हतियार तथा लागुऔषध ओसार पसार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको थियो .
भाण्टारीवारीमा पक्राउ परेका उनलाई प्रहरीले भोक्राहा नरर्सिङ गाउँपालिका ४ मा उनी सवार स्कारपियोबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ३ थान, डाइलेक्स डीसी १, एमएलको २५ बोतल, स्पासमोप्रोक्सीभन प्लस ५७६ ट्यावलेट, नाइट्रव्सम १६, ट्यावलेट, नाइट्राभेट ७५ ट्यावलेट र १ थान मोबाइलसमेत बरामद गरेको दावी गरेको जनाएको थियो ।

Untitledvvvvvvvvvvvvvvvvvvvvvvv (1)