इटहरीः कोरोनाको संक्रमण प्रतिदिन बढीरहेको छ । नेपालमा ३ जनाले ज्यान समेत गुमाईसकेका छन् । कोरोनाबाट नागरिकलाई बचाउन चैत्र ११ गतेबाट सरकारले लकडाउन जारी गरेको छ । अत्याआवश्यक सेवा बाहेक अन्य कुनै सवारी साधन सडकमा कुदेका छैनन् । खाद्यन्न, तरकारी र औषधी पसलहरु मात्रै संचालनमा छन् । रोजगारका सबै बाटाहरु पूर्ण रुपमा बन्द नै छन् । लकडाउनका कारण श्रम गरेर बिहान बेलुका छाक टार्ने बर्गलाई स्थानीय सरकारले प्रदान गरेको राहत सामाग्री अपुग हुँदै आएको छ ।
सरकारले आम्दानीका सबै बाटाहरु बन्द भएकाले श्रमिक बर्गहरु जो घरभाडामा बस्छन् उनिहरुका लागि भाडा छुट दिन घरधनीहरुलाई पटक पटक आग्रह गरिरहेको छ । घरधनीहरुले अवस्थालाई नबुझी घरभाडा तिर्न दवाव दिए उजुरी गर्न सम्म घरभाडामा बस्नेहरुलाई भन्दै आएको छ । घरभाडामा बस्ने देखि उद्योगी व्यवसायीहरुलाई विजुली महसुल छुट देखि लिएर बैंकको साँवा व्याज तिर्ने समय सीमा बढाउँदै पनि लगिरहेको छ ।
तर, सरकारकै एक स्थानीय निकाय अर्थात मालपोत कार्यालयमा कार्यरत नायब सुब्बाले घरभाडा नतिरेको निँहुमै इटहरीमा बसेर श्रम गरेर जीवन चलाउँदै आएका एक श्रमिकको परिवारलाई लकडाउनमै आफ्नो घरबाट निकालिदिएका छन् ।
तेह्रथुम घर भई इटहरीमा दैनिक ज्यालादारीमा काम गर्ने तारा बहादुर लिम्बु सहित उनका ५ सदस्यीय परिवारलाई घरधनी जीवन भण्डारीले तिन महिनाको कोठाभाडा बापतको १८ हजार रकम नदिएको भन्दै निकालिदिएका हुन् । भण्डारी मालपोत कार्यालय बेलबारीमा नायब सुब्बा पदमा कार्यरत निजामती कर्मचारी हुन् ।

pidit 2
भण्डारीको घरमा लिम्बू बिगत ५ वर्ष देखि दुईवटा कोठामा बस्दै आएका थिए । यसअघि महिना मर्न साथ कोठा भाडा दिदा भण्डारी चुपचाप बसेका थिए । तीन महिनाअघि सरकारले लकडाउन जारी गरेसंगै रोजगारी गुमेपछि आफुलाई घरभाडामा घरधनी भण्डारीले तनाव दिँदै आएको लिम्बूले बताए ।
लिम्बूले भने –‘लकडाउनले रोजगारी पनि गुम्यो । बिहान बेलुका के खाने भन्ने चिन्ता थपिँदै गयो । लकडाउन खुलेपछि कमाएर चैत्रदेखि कै कोठा भाडा दिन्छु , तर यो बेला कोठाबाट ननिकालिदिनु भन्दै बिन्ती गरे , घरधनी भण्डारीले अमानवीय व्यवहार देखाँउदै जवरजस्ती कोठाबाट निकालिदिए ।’
घरधनी भण्डारीलाई आफुले आफ्नो वास्तविकता बताउँदा पनि तुच्छ व्याबहार देखाउँदै तिमिले अब पैसा कहिले कमाउँछौ ? कहिले तिछौं बरु अन्तै जाउ, पैसा पनि नदेउ भन्दै निकाल्दिएको लिम्बुले बताए । घरधनीले निकालेपछि आफु लकडाउनकै बेला साह्रै विजोग गरि ३ दिन अगाडी कोठाका सबै सामान बोकेर स परिवार अन्यत्रै बाध्य भई सरेको लिम्बूले बताए । उनले आफुमाथि ठूलो अन्याय भएको उनले बताए । मालपोत जस्तो मालदार अफिसमा कार्यरत भण्डारीले मानवता भन्ने कुरा बिर्सिएर आफ्ना स साना लालावाला समेतको विजोग हुने गरि घरबाट निकाल्ने काम गरेको लिम्बूले बताए ।

pidit 3
उनले सरकारको निर्देशन नमान्ने सरकारी कर्मचारीलाई के कस्तो कार्वाही हुन्छ ? हेर्न मन लागेको बताए । इटहरीकी उपमेयर लक्ष्मी गौतमले अहिलेको अवस्थामा घरभाडा दिन नसक्दा कोठाबाटै निकाल्ने कार्य ठिक नभएको बताईन् । यो बेला सबैले मानवीय भावना जागृत गरि एक अर्कालाई सकेको सहयोग गर्नु पर्नेमा जोड दिएकी छन् । उनले लकडाउनपछि घरभाडा दिन्छु भन्नेहरुलाई सरकारले घोषणा गरेको छुट सहितको सुविधा दिनुपर्ने बताइन् । उनले भण्डारीले घरबाट निकालेको घटनाका बिषयमा पिडितले लिखित उजुरी दिए घरधनीलाई कार्बाही गर्ने बताइन् ।
यता घरधनी भण्डारीले लिम्बू दैनिक मादक पदार्थ खाएर आउने घरमा कहिले बस्ने कहिले नबस्ने भएकाले बस्ने भए चुप लागेर कतै नहिडि बस भनेको बताए । तर आफ्नो कुरा नमानी रक्सी खाएर कोठामा होहल्ला गरेकाले आफुले निस्केर अन्तै जाउ भनेको स्वीकार गरे । लिम्बूले ५ महिनाको कोठाभाडा समेत नतिरेकाले बरु निस्केर जाउ भाडा नदेउ भनेको भण्डारीले बताए ।