उदयपुरः उदयपुरमा एक ८ बर्षीया र अर्की १३ बर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा ६५ बर्षीय बृद्ध र १८ बर्षीय युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको ताप्लि गाउँपालिका वडा न. २ ओख्लेकी ८ बर्षिया बालिकालाइ जबरजस्ति करणी गर्न खोजेको आरोमा सोही पालिकाका ६५ बर्षिया बृद्धलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही वडा ओडारे बस्ने बर्ष ६५ का छविलाल राई रहेका छन् ।
उनले जेठ १ गते अन्दाजी दिउँसोको ३ बजेकोे समयमा बालिकालाई जबरजस्ति गर्न खोजेको प्रहरीले जनाएको छ । बालिकाको अभिभावकले घटना बारे जेठ ५ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी गराएका थिए । जानकारी पाएपछि प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा गएको टोलीले राईलाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ
त्यसैगरि उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका २ की १३ बर्षीया एक बालिकालाई बाख्रा चराउन गएको समयमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा १८ बर्षीय युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बैशाख ३१ गते जबरजस्ती करणी गर्न खोजेको आरोपमा सोही ठाउँका १८ वर्षिय अभिषेक खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) बीर बहादुर बुढा मगरले जानकारी दिए ।
खत्री बिरुद्ध जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको प्रयास गरेको भन्दै पीडितको अभिभावकले जाहेरी दिएपछि पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको रानाले बताए