इटहरीः इटहरी चोक नजिक १० वर्ष पछि जोडी जंगली हाति आएपछि सर्वसाधरण आतंकित बनेका छन् ।
मध्यरातमा इटहरीको वडा नंं ५ भित्र धेरै ठाउँमा ती जोडि हात्तीले आतंक मच्चाएका छन् । ती हात्ति नजिकैको जंगलतर्फ लागेकाले वरपरका अन्य वस्तीमा पस्ने सम्भावना रहेसगैं स्थानीय घर भत्काउने डरले त्रसित बनेका हुन् ।
हात्ती कहाँबाट त्यहाँ पुग्यो भन्ने बारे थाहा हुन नसकेको स्थानीयले बताएका छन् । ती जोडि हात्तिलाई स्थानीय र प्रहरी भएर हलगडा हुदैं आपगाछी सम्म ल्याएर छोडीएको जनता बस्ती प्रहरी चौकीले बताएको छ । तर वन क्षेत्रले इटहरीको वडा नं। २,३,२० छुन्छ । वडा नम्बर २० को तरहरा कृषि फारममा भने धेरै पटक आउने त्यहाँको अन्नबाली खाने,टहरा भत्काउने जस्ता आतंकित घटनाले स्थानीय त्रसित भएका थिए ।
तर ५ नम्बर सिमरवना क्षेत्रमा कुनै जङ्गल नभएपनि हात्ती एक्कासी कसरी देखियो स्थानीयहरु अचम्ममा परेका छन् । इटहरी चोक बजार आसपास झन्डै १० वर्षपछी हात्ती पसेको जानकारहरु बताउछन् । दुई दिन अघि ५ वटा संख्यामा रहेका जंगली हात्ति सुन्दरहरैंचा ५ हसिना सिमसार नजिकैको बस्तीमा आएको स्थानीय छञ न्यौपानेले बताए । उनका अनुसार राती करिब साढे ११ बजे ५ वटा संख्यामा आएका हात्तिले स्थानीयले किसानले लगाएको मकै बाली खाएर नष्ट गरेका थिए । स्थानीय २ वटा घरमा सामान्य क्षति पनि पुर्याएको उनले बताए । राती ३ बजेतिरमात्र सो बस्तीबाट स्थानीयले हात्ति लखेटेका थिए । ५ वटा हात्ति सो बस्तीबाट उत्तरपश्चिम खोर्साने खाप मास्तिरको जंगल तर्फ प्रवेश गरेका थिए । तिनै ५ वटा हात्ति मध्ये खानेकुरा खोज्दै रातको समयमा दुई वटा हात्ति हलगडा आइपुगेको अनुमान गरिएको छ ।
दुई साताअघि झापाको बाहुनडाँगीबाट एक हुल हात्ति पूर्वतर्फ लागेको बाहुनगाँडीका स्थानीय अर्जुन कार्कीले बताएका छन् । ति हात्तिको हुल १० दिनअघि झापाको चारआली मास्तिर बुधबारेको बस्तीमा समेत राती ८ बजे देखा परेका थिए । स्थानीय गाँउलेहरुले धपाएपछि ती हात्तिको हुल पश्चिमतर्फ लागेको स्थानीय हरि घिमिरेले जनाकारी दिएका छन् । तिनै हात्तिहरु जंगल हुँदै सुनसरीको इटहरी आएको हुन सक्ने उनको भनाई छ । भारतबाट जंगल हुँदै आउने जंगली हात्तिले कोशी टप्पु हुँदै सप्तरीसम्म पुग्ने, किसानले लगाएका बाली खाने, घर भत्काउने र मानिसको ज्यान समेत लिने गर्दै आएका छन् ।