धरान: सुनसरीको धरान वडा नं. १४ विजयपुरमा चौक स्थापना गरेको नाममा विवाद हुदाँ झडप भएको छ । उक्त झडपमा गरी सोही वडाकी वडा सदस्य मनिषा बिक सहित ३ जना घाइते भएका छन् ।
दुई समुहबीच झडपमा धरान १४ की वडा सदस्य मनिषा विक, पूर्व प्रहरी हवलदार झलक तामाङ र सुरज विक घाइते भएका भएका हुन् । उनीहरुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
धरान १४ को बमधारा मार्गमा गत वर्षको शिवरात्रीको अवसरमा नामकरण गरिएको शिवजी चौकको विषयमा विवाद भएको थियो। शिवजी चौकको नामलाई स्थानीयहरुले युवाहरूलाई लक्षित गर्दै गाँजा खाने अर्थात् गजेडी भन्दै आएकाले पनि त्यहाँका युवाहरूले विरोध गर्दै आएको बुझिएको छ ।
शनिबार मात्रै स्थानीय केही युवाहरूले शिवजी चौक लेखिएको बोर्ड फुटाई दिएको भन्दै स्थानीयवासी र युवाहरूबीच आज बिहान भएको झडपमा चिर्पट तथा वियरको बोतल प्रहार भएको छ । झडपका क्रममा चिर्पट र बोतल प्रहार गर्ने ५ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरिसकेको इलाका प्रहर िकार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ।
पक्राउ पर्नेहरुमा बाबुराम अधिकारी, अर्जुन तामाङ, पदम तामाङ, गणेश कार्की र मनोज तामाङ रहेका छन् । पक्राउ परेका ५ जनालाई थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

तस्बीर :मकालुखबर