इटहरी: पाचँ दिनपछि इटहरीमा खाद्यान्न तथा अत्याबश्यक पसलमा सर्वसाधरणको भिड देखिएको छ ।
अन्याबश्यक पर्ने सामग्री खरिद लागि सोमबार बिहानै देखि इटहरीको मुख्य चोक, बुधबारे हटियालाईमा रहेका खाद्यान्न तथा किराना पसलमा अत्याधिक भिडभाड रहेको थियो । इटहरी २ का एक युवामा कोरोना संक्रमण भएपछि इटहरी उपमहानगरपालिका भित्रका औषधी पसल बाहेक अन्य सम्पुर्ण पसल बन्द गरी २ र ३ वडालाई सिल गरिएको थियो ।
तर आइतबार बसेको पालिकाको बैठकले नेपाल सरकारले लागू गरेको लकडाउनको कार्यान्वयन गर्दै अत्याबश्यक खाद्यान्नका पसल खोल्ने निर्णय गरेपछि सर्वसाधरणको अत्याधिक चाप बढेको अनुमान गर्न सकिन्छ ।