इटहरी: प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका सबै नेपालीको उद्धार गरिने बताएका छन् ।

सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित मुलुकका राष्ट्र प्रमुखहरूसँग संवाद भइरहेकाले केही दिनमै विदेशमा रहेका नेपालीहरूको उद्धार गरिने बताएका हुन् ।

उनले भारतबाट नेपाल प्रवेश गरेका नेपालीलाई क्वारेन्टानमा बस्न आग्रह गरे ।