इटहरी: गुल्मीको १ स्थानीय तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिकाका १ जना जनप्रतिनिधि र १ जना बाहिरबाट आएको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएकामध्ये १ गुल्मीका जनप्रतिनिधि रहेका अस्पतालले जनाएको छ ।

जिल्लामा थप २ जनामा कोरोना पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुरू गरिएको छ ।


यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । जसमध्ये १ जनाको उपचारको क्रममा केही दिनअघि बुटवलमा मृत्यु भएको थियो ।