इटहरीः तेह्रथुममा एक स्टाप नर्सले आत्महत्या गरेकी छिन् । मोरङको उर्लाबारी घर भएकी तनुजा कार्कीको शब गत मंगलबार अपरान्ह ४ बजेको समयमा तेह्रथुमको सदरमुकाम म्याङ्लुङको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले भने उनले सो होटलमा आत्महत्या गरेको जनाएको छ । उनी मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाप नर्सका रुपमा कार्यरत रहेकी थिइन् ।
यहि जेठ १२ गते सार्वजनिक बिदाको दिन उनका प्रेमीसंग उनी सदरमुकामको एक होटलमा सगैं बेलुका बसेका थिए । भोलिपल्ट बिहान १० बजे दुवै जना सोही होटलमा खाना खाएर प्रेमी भनिएका ठेकेदारीमा पेशामा संलग्न खम्बासिहं तामाङ साइडमा गएका थिए । ठेकेदार तामाङ नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिकाबाट तेह्रथुम आई लामो समय देखि मेन्छयाम गाउँपालिकाको मोराहाङ स्वास्थ्य चौकीको भवन ठेक्का पट्टामा काम गर्दै आएका थिए ।
नर्सले गत १३ गते अपरान्ह ४ बजे होटलको एक कोठाको भित्रि चुकुल लगाएकी थिइन् । तामाङ ४ः ३० बजे सो कोठामा आई धेरै पटक चुकुल खोल भन्दा भित्रबाट नखोलेपछि उनले ढोका फोडेर हेर्दा सलको पासो लगाएर झुण्डिएको अबस्था देखेपछि होटलवाला, स्थानीयबासी, प्रहरीलाई जानकारी गराएका थिए । नर्स कार्कीले आत्महत्या गरेको प्रहरीले बताएको छ ।
नर्स कार्कीले आत्महत्या नै गरेकी हुन् या अरु कसैले हत्या गरि झुण्डाएका हुन् भन्ने कुराको पुष्टि हुन नै नसकेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रबक्ता तेज प्रसाद दाहालले बताए । महिलाको शब पोष्टमाटमका लागि वी।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । अहिले प्रारम्भिक अनुसन्धान भईरहेको बताउँदै केही दिनमा पोष्टमाटमको रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरीले बताएको छ । मोरङको उर्लाबारी घर भएकी स्वास्थ्यकर्मी महिला लोकसेवा पास गरी करिब ३ वर्ष अघि पहिलो पोष्टिङका रुपमा त्यस स्वास्थ्य चौकीमा कार्यरत रहेकी थिइन् ।
हत्याकोे आशंकामा प्रेमी पक्राउ
उक्त घटनामा संलग्न रहेको आशंकामा उनका प्रेमी भनिएका खम्बासिहं तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नर्स कार्कीसगं उनको करिब २ वर्ष अगाडी देखि सम्बन्ध रहेकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । तामाङले आफुँहरु २ वर्ष देखि सम्बन्धमा रहेको लकडाउन नभएको भए भागेर बिवाह गर्ने भनि प्रहरीमा बयान दिएपछि उनलाई शंकाको घेरामा राखिएको प्रहरीले बताएको छ । प्रहरीले हिरासतमा राखेको तामाङलाई थप २५ दिनको म्याद थप गरेको छ । नर्सको शबको रिपोर्ट आएपछि थप बिस्तृत अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।