धरानः धरान १४ मा केही दिन अघि चोकको नामाकरणको विषयमा जनप्रतिनिधि सहित २ स्थानियवासी कुटिएका थिए । सो घटनामा वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बेवास्ता गरेको पिडितहरुले गुनासो गरेका छन ।
वडाभित्र भएको घटनामा स्थानिय सरकारकको प्रमुख वडा अध्यक्ष नै भएको नाताले उहाँले यसको किनारा लगाउनु पर्ने र वडावासीलाई सुरक्षित बनाउन लाग्नु पर्ने उल्टो आफुले केही गर्न नसक्ने र आफ्नो सुरक्षा आफै गर्नुपर्ने भन्दै गैरजिम्वार भएको पिडित झलक तामाङले गुनासो गरेका छन । घट्नाको विषय तपाइले केही बोल्नुपर्छ भनेर आफ्नो कुरा राख्दा उल्टो तिमी धेरै नबोल भन्दै अध्यक्ष भट्टराईले थर्काउदै पन्छिएका थिए । यस्तो कुरा गर्दा वडा अध्यक्ष कै योजनामै आक्रमण भएको होकी भन्ने पनि पिडितहरुले आशंका गरेका छन । ज्यान मार्ने उदेश्यले वियरको बोतल, रड सहित आक्रमण गर्ने युवाहरु खराव आचरण भएका र पटक पटक पक्राउ गर्दै छोडिएकाले उनिहरु उत्साहित भएको र फेरी छुटेर आएपछि हामीलाई आक्रमण हुने भन्दै स्थानियवासी त्रसित बनेका छन ।
उनिहरुको व्यवहारले फेरी यस्ता घट्ना हन्छ यिनिहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्छ भनेर प्रहरीमा उजुरी दिन जादा प्रहरीले पनि उजरी लिन नमानेको पिडितहरुको गुनासो छ । ज्याननै जाने गरि कुट्पिट हुदा पनि प्रहरीले सार्बजनिक मुद्दा मात्रै चलाएको जनप्रतिनिधि मनिषा बिकका श्रीमान् रमेश बिश्वकर्मा बताउँछन् । घटनाको बिषयमा वडाध्यक्षले कुनै पनि सहयोग नगरेको उनको गुनासो छ । हामिले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराउन खोज्दा जबर्जस्ती सार्वजनिक मुद्दा दर्ता गराउन दबाब दिएको उनले बताए । इलका प्रहरीमा किन ज्यान मार्ने उद्योगमा मद्दा दर्ता नगरेर सार्वजनिक मुद्दा दर्ता गरेको भनेर सोध्दा ज्यान मार्ने उद्योगको फितलो हुने र सार्वजनिक मुद्दा चलाउदा उनिहरुलाईृ कार्वाही गरि लाइन लिन सजिलो हुन्छ त्यसैले सार्वजनिक मुद्दा दर्ता गराएको इलका प्रहरी कार्यालय धरानका डिएसपि ढुण्डिराज न्यौपानेले वताएका छन ।
रिटाएर प्रहरी हवल्दार समेत रहेका झलक तामाङ भने सार्वजनिक मुद्दामा केही नहुने र २०। २५ दिन पछि छुटेर आएपछि हामीलाइ फेरी आक्रमण हुने वताउँछन । आक्रमण गर्ने समुहको आमा बुवालाई तपाइहरुले जिम्मा लिनुपर्छ भन्दा हामीले नसकेर छाडेको भन्दै पन्सिन्छन । सो कुरा अध्यक्षलाई भन्दा आफ्नो सुरक्षा आफै लिने हो अरु कसले लिन्छ भन्ने जवाफ दिन्छन । यस्तो भएपछि स्थानियहरु त्रसित भएर वसेका छन । डिएसपि न्यौपानेले भने सुरक्षामा कुनै कमि हुन नदिने वताएका छन ।